Kanakai Online

मालपोत झापाका कर्मचारीमा कोरोना मालपोत अनिश्चित बन्द


मङ्गलवार, असोज १३, २०७७ |

कनकाई अनलाईन
भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरका कर्मचारीमा कोरोना पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि एक सूचना जारी गर्दै कार्यालयले मुद्धा तथा प्रशासनबाट प्रवाह हुने सेवा बन्द जनाएको छ ।

संक्रमण जोखिमलाई ख्याल गर्दै मालपोत कार्यलयले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द हुने जनाएको छ । भद्रपुरमा आज थप दुई जनामा कोरोना सक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिक स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भर्टराइले दिएको जानकारी अनुसार एक जना भद्रपुर १० र अर्का वडा न ५ का युवक रहेका छन् ।

जस मध्ये एक मालपोल कार्यालय झापामा कार्यरत कर्मचारी हुन् । जम्मा ८० जनाको स्वाव संकलन गरी पठाएकोमा २ जनाको पोजेटीभ र अन्य सवैको रिपोट नेगेभिट आएको भटराइले जानकारी दिए ।

सम्बन्धित खबर