कनकाई अनलाइन।झापा,असोज १२।झापामा पछिल्लो समय स्थानिय तहले बनाएको आइसोलेसन केन्द्रबाटै धेरै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन।संक्रमितको स्वास्थ्यलाई ध्यान दिइदै खानपानमा ध्यान दिएपछी संक्रमितहरु निको भएर फर्किने क्रम बढेको रेखदेखमा सहभागी हुँदै आएका कर्मचारीहरुले बताएका छ्न।
नेपालमा ७४% को हाराहारीमा कोरोना संक्रमित निको भईरहेको बेला झापामा भने ९०.५% संक्रमित निको भइरहेका छन।हाल सम्म ७ जनाको मृत्यु भएको छ।झापामा आइतबार सम्म ८४४ संक्रमित मध्ये ७६४ जना निको भएको जिल्ला विपद व्यबस्थापन समितिका फोकल पर्सन जीवन चौलागाईंले बताउनु भएको छ।कतिपय आइसोलेसनमा राखिएकाहरुलाई तुलसीपानी,अदुवा,बेसारपानी खुवाउने गरिएको छ।खानपिनमा विशेष ध्यान दिइएकोले धेरै संक्रमित निको भएर घर फर्केको मेची नगरमा संक्रमित राखिएको वडा नम्बर ११ धाइजन स्वास्थ्य केन्द्रमा रेखदेखमा सहयोग गर्दै आउनुभएका सोही वडाका वडाध्यक्ष सन्तोष मेचेले बताउनुभयो।
सरकारले पछिल्लो समय हरेक स्थानिय तहलाई संक्रमितको उपाचारका लागि आइसोलेसन निर्माण गर्न दिएको निर्देशन अनुसार झापाका १५ वटै स्थानिय तहले आइसोलेसन निर्माण गरिसकेका छन।तर कतिपय स्थानिय तहमा उचित भवनको अभाब हुँदा विपन्न आवासलाई समेत प्रयोग गरिएको झापा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नेत्रबहादुर खड्काले बताउनुभयो।
रोग सकेसम्म लाग्न नदिने गरि सचेत हुन राम्रो हो।तर संक्रमित भइहाले स्वास्थ्यमा ध्यान दिने र मनोबल बढाउने कार्यमा सहयोग गरे कोरोनालाई धेरै हदसम्म जित्न सकिने चिकित्सकहरुले बताउदै आएका छ्न।