Kanakai Online

आजको राशिफल-२०७७ असोज १२ सोमबार


सोमवार, असोज १२, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज १२, सोमबार
इ.संः २०२० सेप्टेम्बर २८
नेपाल संवतः ११४० अनलाथ्व
चन्द्रमाः मकर राशीमा प्रात ११ः५६ उप्रान्त कुम्भ राशीमा
तिथीः द्धादशी
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः धनिष्ठा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५५
पर्व दिवस
सूचनाको हक सम्बन्धि अन्तर्राष्ट्रिय दिवस
नागरीक सुरक्षा दिवस
रेविज दिवस

आजको राशीफल, सोमबार, १२ असोज, २०७७

मेषः कामहरु बन्नेछन् । मनमा केही भय र सामान्य अस्वस्थता
रहेपनि मध्यान्हपश्चात धनआर्जन हुनेछ । सुखवृद्धि साथै विजय प्राप्तिको योग छ ।
वृषः राम्रो भन्दा नराम्रो ज्यादा रहला । कामकाजमा अवरोध आउला। शारीरिक थकान होला । मानार्थसिद्धि होला । भय रहला
मिथुनः आरोग्यता प्राप्ति हुनेछ । धनार्जन प्रशस्त हुनेछ । सुख
बढेको महसुस होला । तर मध्यान्हपश्चात कामकाजमा व्यवधान साथै शिथिलता बढ्ला ।
कर्कटः दिन अत्यन्त शुभ रहनेछ । रत्न तथा धातुजन्य कारोबारबाट मनग्य फाइदा हुनेछ । स्फुर्ती बढ्नेछ । आम्दानी सबल रहनेछ ।
सिंहः दुर्घटना, बादबिबाद, चोटपटक आदिको भय रहनेछ । तर मध्यान्हपश्चात द्रव्यादि लाभ तथा सुखमा बढोत्तरी भएर जानेछ ।
कन्याः मानवृििद्धको समय छ । तर मध्यान्हपश्चात आठौँ
चन्द्रमाले राजभय गराउला । मुद्धामामिला तथा झैझमेलामा सामेल हुनुपर्ला ।
तुलाः शुभ समय छ। सुखवृद्धिको योग छ । कामहरु किनारा लाग्लान ।१२ बजेपछि आलस्यता बढ्ला । राज्यबाट भय सृजना होला ।
वृश्चिकः अत्यन्त शुभ समय छ । मन खुशी रहला । विविधप्रकारका लाभ प्राप्त होलान । सुखदायक समय छ । कार्यसफलता मिल्ने छ ।

धनुः खर्चवृद्धिले सताउला । शारीरिक थकान महसुस होला । धनहानीको समय छ । मध्यान्हपश्चात लाभका विविध मार्गहरु फेलापर्ने तथा प्रशन्नता बढ्ने समय छ ।
मकरः मिष्ठान्न भोजन प्राप्त होला । भाग्योदयको समय छ ।
मध्यान्हपश्चात ब्यर्थ खर्चवृद्धि होला । पुराना रोग बल्झिन
सक्लान । धनहानी हुनेछ ।
कुम्भः खर्चवृद्धि कायमै रहनेछ । धनहानी तथा धननासको समय छ ।तर मध्यान्हपश्चात अन्नादि लाभ तथा भाग्योदयको समय छ ।
मीनः विजयप्राप्तिको योग छ । आम्दानी सबल देखिन्छ । सुखवृद्धि होला । दिनको उत्तरार्ध खर्चिलो रहला । तर खर्च भन्दा आम्दानी बलियो हुनेछ ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”