Kanakai Online

झापामा बाढीको बितण्डा,९ घर बगायो ४५ परिवार बिस्थापित।


शनिवार, असोज १०, २०७७ |

कनकाई अनलाइन।झापा,असोज १०।केहीदिन यता परेको बर्षाले झापामा ९ वटा घर बगाएको छ।बाढीका कारण झापामा ४५ घर बिस्थापित समेत भएका छन।मनसुन अझै नरोकिएकाले केही क्षेत्रमा बस्ती क्षेत्र कटान भइरहेको बताइएको छ।

पछिल्लो मनसुन खराबीले झापाका विभिन्न खोला तथा नदिले यहाँका विभिन्न क्षेत्र धमाधम कटान गरिरहेको छ।झापाको बाह्रदशी,भद्रपुर,हल्दिबारी,झापामा आएको बाढीले ४५ घरपरिवार बिस्थापित भईसकेका छन।बाह्रदशी गाउँपालिका-७ मा कटानले घर बगाउन थालेपछी सशस्त्र प्रहरी र स्थानियबासीन्दाको सहयोगमा घर भत्काएर आव्यश्यक सामग्री सुरक्षित गरिए पनि सो क्षेत्रमा कटान रोकिएको छैन।बाढीले घरबहार बिहिन बनेका बाशिन्दालाई उचित ब्यवस्थापनको तयारी थालेको सोही वडाका वडाध्यक्ष मित्रराज भट्टराईले बताउनु भयो।

पछिल्लो मनशुनका कारण मेची खोला,बिरिङ,कनकाई,रतुवा,मावा,देउनिया लगायतमा आएको बाढीले कटान अथवा डुबान गर्न थालेको छ।बाढीका कारण बिस्थापित बनेकाको उचित बासको ब्यबस्था गर्न पिडितहरुले माग गरेका छन।यो बर्ष अधिक वर्षा भएको कारण दक्षिण झापाको क्षेत्रमा सयौं बिघा अन्नबाली लगाएको खेत बगरमा परिणत भएको छ।यस बर्षको मनसुनका कारण झापामा २० जनाको मृत्यु भइसकेको छ भने झन्डै ३५० घर परिवार बिस्थापित बनेको जिल्ला विपद व्यबस्थापन समिती झापाले जानकारी दिएको छ।

सम्बन्धित खबर