Kanakai Online

स्थानिय तह कर्मचारी मञ्चले गठन गर्यो झापा जिल्ला तदर्थ कमिटी।


शनिवार, असोज १०, २०७७ |

कनकाई अनलाइन।झापा,असोज १०।स्थानीय तह कर्मचारी हकहित मञ्चले झापा जिल्लाको तदर्थ कमिटी गठन गरेको छ।मञ्चले प्रचलित अनलाइन एप्स जुममा बैठक बसेर कमिटी गठन गरेको हो।

ईन्द्र पौडेलको अध्यक्षतामा असोज ६ गते बसेको झापा जिल्लाका स्थानीय तहमा कार्यरत करिब ३५ जनाको भेलाले आवश्यक छलफल पछि कमिटी गठन गरेको छ।नब गठित कमिटीमा,संयोजक कृष्ण रिमाल (कन्काई ना.पा.),सहसंयोजक पुर्णचन्द्र मैनाली “उदय” (झापा गा.पा.),सचिब देवराज आचार्य (कमल गा.पा.)र सदस्यहरु सबै १५ वटै स्थानीय तहका कमिटी प्रमुख रहने गरी १८ सदस्य रहेको सहसंयोजक मैनालीले कनकाई अनलाइनलाई बताउनु भयो।स्थानीय तह कमिटी बाट आउने १५ जना सदस्य स्थानीय कमिटी गठन भए पछी आउने छन।

हकहित मञ्च बिभिन्न उदेश्य लिएर स्थापना गरिएको छ।जसमा स्थानीय तहमा कार्यरत कर्मचारीको हक़ हित रक्षा , समस्या पर्दा सहयोग गर्ने,नया बन्ने संघीय ऐन मा स्थानीय कर्मचारीका भावना र हित समेटन दबाव दिने,प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन छिटो बनाउन दबाव दिने,स्थानीय तहमा कार्यरत रहदा आइपर्ने समस्याको मिलेर समाधान गर्ने, कर्मचारीलाई सुरक्षित कार्य स्थल को निर्माणमा सहयोग गर्ने लगायतका मञ्चको उदेश्य रहेको सह-संयोजक मैनालीले बताउनु भयो।

सम्बन्धित खबर