सम्पादकिय
उर्जा र पर्यटन बिक्री गरेर देशको कायपलट गर्ने र अबका केहि बर्षभित्र देशलाई मध्यमस्तरको देशका रुपमा विकसित गर्ने महान अभियानमा देशलाई धक्का पुगेको छ । देशका उमेर भएका युवाहरु ीवदेशमा तल्लो स्तरको काम गर्दै राज्यलाई पालन गरिरहेको बर्तमान अवस्थामा कोरोना महामारीका कारण धेरैजसो देशले विदेशी कामदार स्वदेश फर्काउन थालिसकेको छ । यसबाट धेरै युवाले रोजीरोटी गुमाउने निश्चित छ । कतार जस्तो हाम्रो भरपर्दो रोजगारदाता देशमा पनि आगामी विश्वकप फुटबल २०२२ का कारण धेरै नेपालीले रोजगारी गुमाउने पक्का छ । पर्यटनलाईनै विकासको मुल आधार मानेर नेपाल भ्रमण बर्ष २०२० मनाइरहेको नेपाल देश कोरोना कहरका कारण सुरुवाती समयदेखिनै पर्यटन व्यावसाय नराम्ररी थला परेको छ । होटलमा लगानी गरेका सानाठुला लगानीकर्ताको लगानी समेत जोखिममा भएको बर्तमान अवस्थामा राज्य संचालक तीनै तहका सरकारहरु अब विस्तारै कोरोना कहरभन्दा माथि उठेर देशको आर्थिक मेरुदण्डलाई उकास्नका लागि अबपनि निति बनाउन ढिलाई गर्नु हुदैन ।
एउटा सरकार वा राज्य संचालक असफल हुनु भनेको एउटा युगका युवाहरु र सबै उमेर समुहका नागरिकलाई बषौसम्म असर गर्ने कुरा हो । नेपालमा बर्तमान अवस्थामा देशको आर्थिक उन्नतिका लागि भरपर्दो क्षेत्र भनेकै कृषि रहेको छ । यसलाई नजरअन्दाज गर्न थाल्यौ भने हामीलाई विश्वकै गरिब देशका जनता बन्नबाट कसैले रोक्न सक्दैन । देशको अर्थतन्त्रलाई नियन्त्रणभन्दा बाहिर जान नदिनका लागि देशका सबैजिल्लाका कृषकहरु कम्तीमा पनि स्वाभालम्बी बन्न सक्नुपर्छ । हाल देश कृषिप्रधान देश भएर पनि कृषिका कुनैपनि क्षेत्र माछामासु, चामल तरकारी लगायातमा आत्मनिर्भर नहुनु पक्कैपनि सुखद संकेट होइन । कृषिलाई आत्मनिर्भर र निर्यातमुखी बनाउने अभियानमा राज्य संचालकहरु चकेकै हुन । धान बालीमा हाल्ने मलखाद समेत समयमा उपलब्ध नहुनु कतिसम्मको लज्जा हो ।
अब कम्तीमा पनि प्रत्येक पालिकाले कृषिलाई औद्योगिक क्रान्तिमा ध्यान दिनुपर्छ जसरी कोरोना नियन्त्रणका लागि लकडाउन लगायातका लागि सबै पालिकाहरु एक भए सबै सरकारहरु एक भए । त्यसरीनै बाझो खेतलाई हराबरा बनाउन प्रत्येक ग्वाली र खोरहरुमा उन्नत जातका पशु बाख्रापालनमा अनिवार्य लगाउन हामी सबैले भुमिका खेल्नु जरुरी छ । अबको आवश्यकता कृषि क्रान्तिको ।