कनकाई अनलाईन
काठमाडौं, असोज ९ गते । प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन हुनुभएको छ । शुक्रबार बसेको काउन्सिल बोर्डको बैठकले ज्येष्ठ सदस्यको हैसियतमा उहाँलाई कार्यबाहक अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
यसअघि किशोर श्रेष्ठ कार्यबाहक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँको कार्यकाल समाप्त हुनुअघि शुक्रबार पदबाट राजिनामा दिनुभएपछि कार्यबाहक अध्यक्षमा बुढाथोकी नियुक्त हुनुभएको हो । श्रेष्ठको कार्यकाल १३ गतेसम्म कायम थियो ।
साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई ज्येष्ठ सदस्यको हैसियतले बोर्ड बैठकले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको काउन्सिलका वरिष्ठ प्रशासन सहायक महेन्द्रराज सिंहले जानकारी दिनुभयो । उहाँकाअनुसार बुढाथोकी २०७५ साउन ९ गते काउन्उिस सदस्यमा नियुक्त हुनुभएको थियो ।