Kanakai Online

झापा गापाका कोरोना संक्रमित मृतकको सेनाद्वारा रानीबनमा अन्त्यष्टि।


बिहिवार, असोज ८, २०७७ |

कनकाई अनलाइन।शरणामती,असोज ८।कोरोना संक्रमणको कारण मृत्यु भएका झापा गाउँपालिका-६ का ७७ वर्षीया वृद्धको शव नेपाली सेनाले सम्मानपूर्वक व्यवस्थापन गरेको छ ।शबलाई स्थानिय रानी समुदायिक बनमा सेनाले अत्यष्टी गरेको हो।

गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडा ६ र ७ का वडाध्यक्षहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,राजनितिक दलका प्रतिनिधीहरु साथै स्थानिय सुरक्षाकर्मी लगायतको उपस्थितीमा सेनाले आफ्नै कमाण्डमा मापदण्डका साथ शब व्यबस्थापन गरेको नेपाल रेडक्रस सोसाइटी शरणामती उपशाखाका सभापती केशब बजगाईंले कनकाई अनलाइनलाई बताउनु भयो।रानी समुदायिक बन भित्र करिब १० फिट खाल्डो खनेर सेनाले सलामीका साथ शबलाई व्यबस्थापन गरेको बजगाईँले बताउनु भयो।

मृतकलाई कोरोना संक्रमित छोराले गत भदौ २४ गते भेटेका थिए।छोराले भेटे पश्चात् सामान्य रुघा खोकी र ज्वरोले भेटेको थियो।मृतक बृद्व दमको रोगी भएको पारिवारिक स्रोतले बताएको छ।उनका छोराको गत असोज ३ गते कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको थियो।रिपोर्ट पोजेटिभ आएपछी छोरा संगको ट्रेसिङमा रहेका ब्याक्तीहरुमा स्वाब संकलन गर्ने क्रममा मृतकको पनि स्वाब संकलन गरिएको थियो।तर मृतकको गए रातीनै मृत्यु भइसकेपछी परिक्षणको रिपोर्ट आज बिहान आएको हो।जसमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्यमण बिश्वकर्माले जानकारी दिनुभएको हो।

कोरोनाका कारण मृत्यु भएको झापा गाउँपालिकाको यो पहिलो घटना हो।अहिले झापा गाउँपालिकाको ६ नम्बर वडा आज साझ ५ बजेबाट लागू हुने गरि ११ गते मध्य रात सम्मका लागि शील गर्ने निर्णय गरिएको छ।

सम्बन्धित खबर