कनकाई अनलाइन।शरणामती,असोज ८।झापा गाउँपालिका-६ सानो चप्रमारी निवासी एक ७७ वर्षिया बृद्दको गए राती मृत्यु भएको छ।मृतक बृद्दमा कोरोना भाइरसको संक्रमण पोजेटिभ पुष्टि भएको झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।
मृतक बृद्दका कान्छा छोरा केही दिन अघि बिर्तामोडबाट बुबा भेटन चप्रमारी आएका थिए।उनमा गत असोज ३ गते कोभिड-१९ को संक्रमण पोजेटिभ देखिएको थियो।हाल मृतकका छोरा भद्रपुर आइसुलेसनमा रहेका छन।मृतकका छोरा संगको सम्पर्क पश्चात बृद्दको मृत्यु भएको बताइन्छ।मृतकका छोरा बिर्तामोडबाट गत भदौ २४ गते बुबा भेट्न चप्रमारी आएका थिए।छोरोले भेटेर गएपछी मृतकमा सामान्य ज्वरो,रुघाखोकीको लक्ष्यण देखिएको थियो।त्यसपछी क्रमस रुघाखोकी ले च्याप्दै गएपछी गए राती बृद्दको मृत्यु भएको पारिवारिक स्रोतले कनकाई अनलाइनलाई जानकारी दिएको छ।बृद्दलाई दमको पनि बिराम भएको बताइन्छ।
हाल मृतकको शबको व्यबस्थापन गर्न चारआलीमा रहेको नेपाली सेनाको टोली आउने तयारी भइरहेको स्वास्थ्य साखा प्रमुख बिश्वकर्माले बताउनु भयो।