कनकाई अनलाइन।शरणामती,असोज ६।झापा गाउँपालिका-६ निवासी बाहा मुर्मुको गालामा क्यान्सर रोगको उपचारार्थ बाह्रदशी गाउँपालिका-३ राजगढ स्थित सिर्जन मिडिया इन्टरटेन्टमेन्ट प्रालीले आर्थिक सहयोग गरेको छ।मिडियाले आफ्नो अगुवाईमा १३ हजार २ सय रुपैयाँ रकम सहयोग गरेको हो।
एक विशेष कार्यक्रमका बिच मिडियाका निर्देशक शिवु मुर्मुले बाहा मुर्मुको सहयोगका लागि रकम संकलन गरिरहनु भएका झापा गाउँपालिका-६ निवासी अगुवा युवा प्रेम बिष्टलाई उक्त रकम हस्तान्तरण गर्नुभयो।निर्देशक मुर्मुले बिर्तामोड-६ निवासी मंगल मुर्मुबाट ६ हजार र गरामनी निवासी सावित्रा सोरेनबाट ७,२०० रुपैया संकलन गरि बाहाको क्यान्सर उपचारमा आर्थिक सहयोग गरेको कनकाई अनलाइनलाई बताउनु भयो।
सिर्जन मिडियाले विशेष संन्थाल समुदायमा विपतमा परेका व्याक्तीहरुलाई आर्थिक सहयोग गर्ने गरेको छ।निर्देशक मुर्मुका अनुसार यस अघि पनि विभिन्न संन्थाल परिवारको उपाचार्थ मिडियाले आफ्नो अगुवाई आर्थिक सहायता गरिसकेको छ।मिडियाले पारदर्शीताका लागि सहायता रकम र हस्तान्तरण गरिएका फुटेजहरु सामाजिक संजाल तथा आफ्नो युट्युबच्यानलमा प्राशारण गर्ने गरेको मुर्मुले जानकारी दिनुभयो।