Kanakai Online

त्रिभुवन आधारभुत विद्यालयका शिक्षक सिकाइ सहजीकरणको लगत लिन गाउँबस्तीमा।


मङ्गलवार, असोज ६, २०७७ |

कनकाई अनलाइन।रसुनगञ्ज,असोज ६।श्री त्रिभुवन आधारभुत विद्यालय झापा गाउँपालिका-२ का शिक्षकहरु विद्यार्थीहरुको लगत संकलन तथा सिकाई सहजीकरणको छलफलका लागि गाउँबस्ती घुम्न थालेका छन।

लगत संकलनका क्रममा झापागाउँपालिका -१ को रसुनगञ्जमा भेटिएका शिक्षकहरुले कोभिड-१९ को जोखिम बढिरहेका बेला विद्यालयमा सहज पठपाठन गर्न नसकेको भन्दै संम्बिधित बस्तीका विद्यार्थी तथा अबिभावक संग सिकाइ सहजिकरणलाई परामर्स गर्न आफुहरु बस्ती घुमेको बताए।कोभिड १९ को बिषम परिस्थिति मा नेपाल सरकार ले जारि गरेको सिकाइ सहजिकरण कार्यबिधि २०७७ मुताबिक विद्यार्थी भर्ना अभियान साथै विद्यार्थी लगत सङ्कलन गर्दै हिडेको शिक्षक खगेन्द्र घिमिरेले कनकाई अनलाइनलाई बताउनु भयो।

त्रिभुवन आधारभुत विद्यालयमा गएको शैक्षिक सत्रमा करिव ४०० जना विद्यार्थी पठपाठन गर्ने गरेको र अहिले कोभिडको विषम परिस्थितीमा सरकार तथा स्थानिय सरकारको निर्देशन अनुरुप विद्यार्थी भर्ना गर्न ग्रामिण बस्ती पुगेको अर्का शिक्षक सन्तोषकुमार गणेशले बताउनु भयो।रसुनगञ्ज पुगेका शिक्षकहरुको टिमले मुस्लिमहरुको को बाहुल्यता रहेको रसुनगञ्ज क्षेत्रमा अबिभावक संग वैकल्पिक सिकाइमा के गर्न सकिन्छ भन्ने परामर्स लिएको अर्का शिक्षक केदार विश्वकर्माले बताउनु भयो।

ग्रामिण बस्तीमा इन्टरनेटको पहुच पनि नभएकाले बैकल्पिक सिकाईमा सहज नहुने भन्दै रेडियो,टिभीका माध्यमबाट सिकाइ सहजीकरण गर्न सकिन्छ कि भन्ने सल्लाह भएको शिक्षक घिमिरेले बताउनु भयो।साथै पठनपाठनका लागि सामाजिक दुरी कायम गरि घुम्ती पठनपाठन बारे विद्यालय आगामी दिनमा ठोस निर्णय गर्ने घिमिरेले जानकारी दिनुभयो।

सम्बन्धित खबर