Kanakai Online

रागिनी आइडल सिजन–३ आयोजना हुँदै


सोमवार, असोज ५, २०७७ |

कनकाई अनलाइन।बिर्तामोड, ५ असोज । असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’ हुने भएको छ।यसअघि भएका दुई वटा सिजनको भव्य सफलतापछि रागिनी संगीतालय भद्रपुरको अयोजनामा तेस्रो संकरणको ‘रागिनी आइडल सिजन–३’ हुन लागेको हो ।आयोजक भरत मैनालीका अनुसार प्रतियोगिताका लागि प्रतियोगी
छनोट गर्न फारम वितरण भइरहेको छ । यसअघिका संस्करणहरु स्टेज मार्पmत् भए पनि यस पटक कोरोना भाइरस कोभिड–१९ का कारण अनलाइन मार्फत् अडिसन हुने मैनालीले बताउनुभयो । अनलाइनमार्फत् नै विजेता छनोट गरिने छ ।
असोज १४ गतेसम्म विभिन्न शाखा एवम् सम्पर्क मार्फत् फारम वितरण भइरहेको छ । “अडिसनमा आफ्नो च्वाइस अनुसार कुनै पनि नेपाली गीत गाउन सक्नेछन्”, मैनालीले भन्नुभयो,“त्यसपछिका अडिसनमा प्रतियोगिताको नियम अनुसार गाउनु पर्नेछ।”यसअघि रागिनी पहिलो सिजनमा रचना रिमाल र दोस्रो सिजनमा अनिसलिम्बूले उपाधि हात पारेका थिए । रचना रिमाल नेपाल आइडलको टप आठमा पर्न सफल भइसकेकी छन् ।

प्रतियोगिताको जजमा दिपक लिम्बू, भरत मैनाली, सर्मिला सिग्देल र ताराविर पाण्डे रहेका छन् । स्थानीय कलाकारको प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले नियमति रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर