कनकाई अनलाइन।शरणामती,असोज ४।झापा गाउँपालिका-६ मा एक कोरोना संक्रमित महिला बस्तीमा पसेपछी उक्त बस्तीमा रहेका ७ घरपरिवारलाई गत सुक्रबार देखि शील गरिएको थियो।रातो रिबनमा घेराबन्दी गरिएका विपन्न सन्थाल परिवारलाई खान समेत समस्या परेपछी बस्तीबासीले गुनासो गरेका थिए।
बस्तीबासीको गुनासो आएपछी झापा गाउँपालिका-६ वडाकार्यालयले बस्तीबासीलाई राहत सामग्री बितरण गरेको छ।बस्तीका ७ घर परिवारलाई प्रती परिवार १० केजी चामल,१ केजी दाल,१ केजी नुन र आधा लिटर तेल बितरण गरिएको झापा गाउँपालिका वडा ६ का वडा सचिव पूर्णचन्द्र मैनालीले बताउनु भयो।
यता झापा गाउँपालिका स्वास्थ्य साखाको टिम पनि आजै बस्तीबासीको निरिक्षण गर्न आएको छ।झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्मा,स्वास्थ्य अधिकृत प्रेम न्यौपाने,सिअहेब अधिकृत बाबुराम निरौला लगायतको टोलीले बस्ती निरिक्षण गरि बस्तीमा लगाइएको शील खोल्नुभएको छ।संक्रमित परिवार संग घुलमिल गरेको नठरिए पछी संक्रमित प्रबेस गरेको ४८ घण्टा पछी आसपास रहेका किटाणु समेत मर्ने भएको बस्तीको शील खोलिएको स्वास्थ्य साखा प्रमुख बिश्वकर्माले बताउनु भयो।
बस्तीमा रहेका संक्रमितका परिवारलाई क्वारेन्टिनमा राखिएको र अरु बस्तीबासीले संक्रमित संग घुलमिल नगरेकाले संक्रमितले छोएका बस्तुहरुमा ४८ घन्टा बितिसकेकाले अब संक्रमण फैलने अथवा अरुलाई सर्ने सम्भाबना नरहेको बिश्वकर्माको भनाइ छ।
अहिले बस्ती रातो रिबनको घेराबाट मुक्त भएको छ।अब कोरोना संक्रमणको जोखिम नभएकाले समुदायलाई भय र त्रासमा नबस्न बिश्वकर्माले आग्रह गर्नुभयो।