कनकाई अनलाइन।शरणामती,असोज ४।झापा गाउँपालिका-६ मा गत सुक्रबार एक कोरोना संक्रमित महिला बस्ती पसेपछी कोरोना फैलने त्रासमा बस्ती शील गरिएको थियो।दैनीक ज्याला मजदुरी गरेर खाने परिवारले शील भएर बस्नु पर्दा कोरोनाले भन्दा पनि भोकले ज्यान जान सक्ने जोखिम बढेको छ।
रातो रिबनको घेरा बन्दीमा परेका सन्थाल बस्तीका ७ घर परिवारको बेहाल भएको स्थानिय बताउछन।”घरमा चामलको एक गेडो छैन,कसरी बाच्नु” उक्त बस्तीका छोट्का किस्कुले कनकाई अनलाइनलाई बताउनु भयो।उहाँले तीन दिन बिती सक्दा पनि स्थानिय सरकारका कुनै पनि प्रतिनिधि सोधपुछ गर्न नआएको बताउनु भयो।
गाउँपालिकाले गत सुक्रबार संक्रमित महिला समुदायमा पसेको भन्दै संक्रमित महिला र उनका छोरालाई झापा गाउँपालिकाको होल्डिङ आइसोलेसनमा राखेको छ भने उक्त महिलाका ५ जना परिवारका सदस्यलाई क्वारेन्टिनमा राखेर बाँकी बस्ती शील गरेको थियो।सुक्रबार बिहान भएको यो घटना पश्चात् शील गरिएको बस्ती प्रहरी प्रशासनलाई बस्तीका अरु सदस्यहरु बाहिर घुमफिर गर्न नदिन आग्रह गरिएको थियो।तर खानलाई कुनै पनि प्रकारका राहत सामग्री अहिले सम्म पनि नआएको बस्तीका बासीन्दा बताउछन।
रेखदेखका लागि समेत अहिले सम्म कोइ आएको छैन बस्तीका सदस्यले बताए।
अहिले सम्म स्वाब संकलनका लागि झापा गाउँपालिका स्वास्थ्य साखाको टिम समेत आएको छैन।शील खोल्ने अन्यौल छ,कोरोनाले भन्दा पनि भोकले ज्यान जाने खतरा छ,गाउँपालिका बेखबर जस्तै छ” यहाँका जानकार बताउछन।
कोभिड-१९ को संक्रमण रोकथाम र न्युनिकरण गर्न गाउँपालिकाले लकडाउन गरेका बखत लगभग सम्पुर्ण गाउँपालिकाबासीमा राहत बितरण गर्दै फोटोसेसन गराएका जनप्रतिनिधीले वास्तविक भोको पेटलाई बेवास्ता गर्नु खेदजनक रहेको स्थानिय युवा छत्र बिष्टले बताउनु भयो।पिछडिएको जातमा गनिने सन्थाल परिवारको ज्याला मजदुरी गरेर भोको पेट भरिन्छ,शील गरिएपछी मजदुरीको बाटो बन्द भएको छ,बिपन्न परिवारको यस्तो दयनिय स्थितीमा समेत बेखबर रहेका जनप्रतिनिधी केका लागि बिष्टले प्रतिप्रश्न गर्नुभयो।अहिले बस्तीका सन्थाल परिवारको स्थिती देखेर तत्कालका लागि आफुले नुन,तेल,आलु,साबुन बस्ती सम्म पुर्याइदिएको बिष्टले कनकाई अनलाइनलाई जानकारी दिनुभयो।
शील गरिएको बस्तीका ७ घरपरिवारका करिव २५ सदस्यको भोको पेटको हाल सोध्न स्थानिय सरकारले आवश्यक देखिएको छ।