Kanakai Online

कोरोना संक्रमित समुदायमा पसेपछी बस्ती नै शिल।


शुक्रवार, असोज २, २०७७ |

कनकाई अनलाइन

शरणामती,असोज २।झापा गाउँपालिका-६ मा कोरोना संक्रमित एक महिला बस्तीमा पसेपछी बस्तीनै शिल गरिएको छ।

गत साउन २६ गते देखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा क्यान्सर रोग लागेर उपाचारत उक्त महिलालाई हिजो अस्पतालले कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि गरेको थियो।पुष्टि भएपछी कुनै सुचना बिना संक्रमित महिला आफ्नो घर आएको बताइन्छ।आज बिहान ४ बजे अस्पतालबाट घर आएका संक्रमित महिला र उनका छोरालाई झापा गाउँपालिकाको होल्डिङ आइसोलेसन सन्थालबस्तीमा पठाइएको झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्यमण बिश्वकर्माले कनकाई अनलाइनलाई बताउनु भयो।संक्रमित संग घुलमिल भएको आसंकामा परिवारका अन्य ५ जना सदस्यलाई डिल्लीराज मावि क्वारेन्टिनमा पठाइएको बिश्वकर्माले बताउनु भयो।

संक्रमित महिला बस्ती पसेपछी राजनितिक दलका प्रतिनिधि,रेडक्रस सोसाइटी शरणामती उपशाखाका प्रतिनिधि,वडाध्यक्ष,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको उपस्थितीमा उक्त बस्तीनै शिल गरिएको रेडक्रस शरणामती उपशाखाका सभापती केशब बजगाईंले बताउनु भयो।उक्त बस्तीमा जम्मा ७ घर रहेका छन।संक्रमित महिलाको घरमा रातो झण्डा लगाइएको छ भने बस्तीलाई रातो रिबनले घेरेर शिल गरिएको छ।

हाल झापा गाउँपालिकामा होल्डिङ आइसोलेसनमा बस्ने संक्रमितको संख्या १६ पुगेको छ।जसमा १४ जना निको भएर घर फर्कीसकेका छन।

सम्बन्धित खबर