आजको पञ्चांग
मितिः २०७७ असोज २, शुक्रवार
इ.संः २०२० सेप्टेम्बर १८
नेपाल संवतः ११४० अनलाथ्व
चन्द्रमाः कन्या राशीमा
तिथीः प्रतिपदा, २ः४५ उप्रान्त द्धितीया
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः उत्तरफाल्गुनी, प्रात ९ः२८ उप्रान्त हस्ता नक्षत्र
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५१
पर्व÷ दिवस
राष्ट्रिय परिवार नियोजन दिवस
आजको राशीफल । शुक्रवार २ असोज २०७७
मेषः प्रतिकूल समय छ । आठौँ चन्द्रमाका कारण चोटपटक या दुर्घटनाको भय रहला । शरीरमा आलस्यता वा कष्टले सताउने देखिन्छ ।
वृषः सरकारद्धारा दण्डित हुनुपर्ला । अस्वस्थता बढ्ने छ । आम्दानी भन्दा खर्चमा वृद्धि हुने देखिन्छ । मनमा चिन्ता रहला ।
मिथुनः दिन भाग्यशाली रहेको छ । सुखवृद्धि होला ।इष्टमित्रहरुको सहयोगमा कार्यसफलता प्राप्त हुनेछ । आज तपाईँका कामहरु सिद्ध भएर जानेछन् ।
कर्कटः आर्थिक हिसावले बलियो समय छ । आयआर्जनका विभिन्न स्रोतहरु फेला पर्नेछन् । मनमा शान्ति र मुहारमा प्रशन्नता छाउने देखिन्छ ।
सिंहः आजको दिन शरीरमा विमार बढ्ने देखिन्छ । औषधोपचारमा धन खर्च होला । व्ययभारले चिन्ता बढाउने योग रहेको छ ।
कन्याः भाग्योदयको समय छ । पारिवारिक जमघटमा मिष्ठान्न भोजनको प्राप्तिले मन प्रफुल्ल रहला । अन्नादि लाभ होला ।
तुलाः प्रतिकूल समय रहेको छ । व्यर्थमा धन खर्च होला । आम्दानी भन्दा खर्च बढि हुनाले मनमा नैराश्यता छाउने देखिन्छ ।
वृश्चिकः समय बलियो भएर आएको छ । प्रतिष्पर्धामा विजय प्राप्त होला । रत्न गरगहनाको कारोवारमा प्रशस्त फाइदा हुने देखिन्छ ।
धनुः आजको दिन केहि प्रतिकूल व्यतित होला । पेट सम्बन्धि समस्या बल्झिन सक्छ । मनमा भय रहला । आलस्यता छाउने देखिन्छ ।
मकरः कामकाजमा व्यवधान सृजना होला । कुनै दुःखद खबर सुन्नमा आउला । कार्यनाश र निराशाले मनमा डेरा जमाउने योग देखिन्छ ।
कुम्भः आर्थिक पक्ष बलियो हुने दिन छ । शरीर स्वस्थ र स्फुर्त रहने छ । वित्तीय कारोवारहरु तपाईँकै हितमा हुनेछन् ।
मीनः प्रेम प्रसंगमा मन रमाउला । सुखानुभूति महसुस होला । विपरित लिङ्गिीका तर्फबाट महत्वपूर्ण कामहरु बन्ने देखिन्छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन, साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”