Kanakai Online

कनकाईमा कोरोना संक्रमितको सङ्ख्या ५० पुग्यो


बिहिवार, असोज १, २०७७ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा सक्रिय कोरोना संक्रमितको सङ्ख्या ५० पुगेको छ । कनकाई नगरपालिका स्वास्थ्य साखाका अनुसार पछिल्लो समय आज बिहिबार एकजना ८० बर्षिय बृद्धमा समेत कोरोना पोजेटिभ देखिएको छ । कनकाई २ का ती बृद्धमा कोरोना देखिएको हो । उहाँको हालसम्म कुनै लक्षण नदेखिएको र हाल घरमै रहनुभएको उहाँका छोराले कनकाई अनलाईनलाई बताउँनुभयो । गत सोमबार लिइएको ४३ जनाको स्वांवमा एक जना वृद्धको मात्रै नतिजा पोजेटिभ देखिएको हो ।
यसैगरि बुधवार कनकाई नगरपालिकाकी ४४ बर्षिय स्वास्थ्यकर्मीलाई समेत कोरोना फेला परेको हो । ती स्वास्थ्यकर्मी शिवसताक्षीमा कार्यरक्त रहदै आउनुभएको थियो ।
कनकाई नगरपालिकामा हाल बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बजार व्यावसाय संचालन हुदै आएको छ ।

तस्बीर ः बल्ल लागेको सुरुड्गाको बजार कनकाई अनलाईन

सम्बन्धित खबर