Kanakai Online

झापा गाउँपालिकामा लकडाउनको नयाँ रुप,दिउँसो खुल्ला राती बन्द।


बुधवार, भदौ ३१, २०७७ |

कनकाई अनलाइनकामाटोली,भदौ ३१।झापा गाउँपालिकाले आंसिक लकडाउनको प्रारुप बदलेको छ। भोलि असोज १ गते बाट १५ गते सम्म बिहानबाट बेलुुुकाको ५ बजे सम्म पसल,बित्तिय संस्था तथा हाटबजार खोल्न पाईने निर्णय गरेको छ।झापा गाउँपालिकामा बसेको विपद व्यबस्थापन समिती र सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो।

गाउँपालिकाले गत भदौ १० गते देखि जारी राखेको आंशिक लकडाउनको प्रारुप भोलि देखि १५ दिन सम्म लागू हुने गरी पुन: फेरेको हो।विपद ब्यवस्थापन र सर्वपक्षिय भेलाको निर्णयनुसार देशमा बढ्दै गईरहेको कोभीड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सबन्धी मापदण्ड पालन गर्ने गराउने सन्दर्भमा भोलि असोज १ गते बिहिबारबाट १५ गते सम्मका लागी साप्ताहिक रुपमा लाग्ने हाटबजार पुर्णरुपमा बन्द रहने,खाद्य किराना लगायत अन्य पसलहरु,सहकारी संस्था तथा वित्तिय कारोबार गर्ने अन्य संस्था,वडा कार्यालयहरु ५ बजे पछी बन्द रहने र औषधि पसलको हकमा भने यो नियम लागू नहुने झापा गाउँपालिकाका सुचना अधिकारी हिमाल मिश्रले कनकाई अनलाइनलाई बताउनु भयो।

झापा गाउँपालिका भित्र कोरोनाका कारण यदि कसैको मृत्युु भएमा शवलाई व्यवस्थापन गर्नका लागि उपयुुक्त क्षेत्रमा छनाैट गरी थप समन्वयका लागि वडा नं ६ र ७ का अध्यक्षहरुलाई जिम्मेवारी दिएक‍ो र बजार व्यवस्थापन समितिहरुलाई अझ सकृय पूर्वक खट्न अनुरोध गरिएको र मास्क नलगाई हिड्ने जो कोहीलाई कार्वाही गर्न र जरिवाना लिन प्रहरी प्रशासनलाई निर्देशन दिएको झापा गाउँपालिकाका सुचना अधिकारी मिश्रले बताउनु भयो।

सम्बन्धित खबर