कनकाई अनलाईन
झापा जिल्लामा बुधवार आज थप २३ जना सक्रिय संक्रमित थपिएका छन ।
जिल्लाका कोरोना फोकल पर्सन जीवन चम्लगाईका अनुसार झापाको बाह्रदशी गाउँपालिका र दमक, मेचीनगर, भद्रपुर गौरादह र शिवसताक्षी नगरपालिकामा बुधवार कोरोना संक्रमित थपिएका हुन । बाह्रदशीमा २ महिला र ३ पुरुष, दमकमा १ महिला र ७ पुरुष, भद्रपुरमा १ महिला र ३ पुरुष, गौरादहमा एक महिला, मेचीनगरमा १ पुरुष र शिवसताक्षीमा २ महिला र २ पुरुषमा कोरोना पोजेटिभ भेटिएको चम्लगाईँले बताउँनुभयो । संक्रमित मध्ये ४ जना भारतबाट आएका र बाकी सबै स्थानिय भएको समेत चम्लगाईले बताउँनुभयो ।
यो सगै झापामा संक्रमितको सङ्ख्या ७ सय ४७ जना पुगेको छ । जसमा ३ जनाको मृत्यु भइसकेको छ । हाल आइसुलेशनमा ११५ जना रहेको र बाकी ६२९ जना डिस्चार्ज भइसकेको चम्लगाईले बताउँनुभयो ।