कनकाई अनलाईन
झापा जिल्लाको कनकाई नगरपालिका ४ अवस्थित पिसिआर मेशिनको विधिवत उद्घाटन गरिएको छ ।
एकका लागि एक अभियानको संयोजनमा कनकाई नगरपालिका ४ कोटीहोममा स्थापना गरिएको उक्त पिसिआर मेशिन मेची प्रादेशिक अस्पताल भद्रपुरको मातहतमा रहनेगरि सुरु गरिएको झापाको दोस्रो पिसिआर मेशिन हो । पिसिआर मेशिनको प्रदेश सरकार प्रमुख सोमनाथ अधिकारी प्यासीले (आज) बुधबार उद्घाटन गर्नुभयो ।
पिसिआर मेशिनको उद्घाटन गर्नुहुदै प्यासीले सबै जनता, दल र सरकारको साझा मेहनतबाट उक्त पिसिआर मेशिनको स्थापना हुन सकेको भन्दै झापावाशीको यो सामुहिक भावनाको सिको सबै देशवाशीले गर्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले कोरोना कहरबाट बिजय प्राप्त गर्नका लागि पिसिआर मेशिन उपयोगी हुने बताउँनुभयो । प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले अव सरकारले कोरोनाको लडाई जित्नका लागि लक डाउन, निषेधआज्ञा जस्ता कार्यहरु नर्गने भन्दै यसको साटो जनचेतनामुलक कार्यक्रमलाई एकसाथ अघि वडाउने निति लिइसकेको भन्दै दसै तिहारका बेला एकपटक देश तथा प्रदेशका कोरोनाको सङ्ख्या वढ्नसक्ने बताउँनुभयो । यसका लागि लेबल एक, दुई र तीनका अस्पतालहरुमा दश हजार कोरोना संक्रमितहरु अटाउनसक्ने आइसुलेशन बेड तथा अस्पतालहरु ीनर्माण सरकारले केहिदिनभित्रै गरिसक्ने बताउँनुभयो ।
यता एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले सानो सहयोगबाट पनि ठुला अभियान संचालन गर्न सकिने शिक्षा अभियानबाट प्राप्त भएको बताउँनुभयो । उहाँले गरिब र दिनदुखीलाई सहयोग गर्ने लक्ष्यका साथ अभियान संचालन गरेकोमा हालसम्म दुई करोड रुपैँया संकलन गर्न सफल भएको र पिसिआर मेशिनका लागि एक करोड रुपैँया खर्च गरिएको जानकारी दिनुभयो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाले पिसिआर मेशिन संचालनका लागि हालका लागि डाक्टर प्राविधिकको व्यावस्थापन गरेको बताउँदै आगामि दिनमा कोरोना महामारीपछि पनि अन्य विभिन्न महामारीका लागि मेशिन प्रयोगमा ल्याउने लक्ष्य रहेको बताउँनुभयो । नगरप्रमुख पोखरेलले झापा तथा अन्य छिमेकी जिल्लावाशीले पिसिआर रिर्पोटका लागि अर्झैपनि दश दिनसम्म कुर्नुको बिकल्प नरहेको भन्दै अब यस ल्यावबाट यसको अन्त्य हुने उद्घोष गर्नुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरे, झापा क्षेत्रनम्बर ४ का प्रदेशसभा सदस्य हिराकुमार थापा , राजनैतिक दलका जिल्ला अध्यक्षहरु नेकपाका चिन्तन पाठक, कांग्रेसका उद्धव थापा , संघिय समाजवादीका अर्जुनसिंह राजवंशी लगायातले पिसिआर मेशिनको दिगो व्यावस्थापनमा सबैको साथ सहयोग हुनुपर्ने बताउँनुभयो । कार्यक्रम मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलको सभापतित्व संचारकर्मी एकराज गिरीको संचालन गर्नुभएको थियो भने अभियानका तर्फबाट बिनोद बस्नेतले धन्यावाद दिनुभएको थियो ।
उक्त मेशिन नागरिकको तर्फबाट अभियान संचालन गर्दै संकलित रकमबाट खरिद गरिएको हो ।
फोटो ः झापाको दोस्रो पिसिआर मेशिनको उद्घाटन गर्नुहुदै प्रदेश सरकारका प्रमुख सोमनाथ अधिकारी प्यासी लगायात तस्वीर कनकाई अनलाईन