कनकाई अनलाईन
आफ्नो २ बर्षको सबै बार्षिक तलव भक्ता मजदुर हितकोषमा दिएर देशमै चर्चामा आउनुभएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले यस आर्थिक बर्ष २०७७÷७८ को समेत सुरुवाती बजेटको रकम मजदुरका लागि खर्च गरेर सुरुवात गर्नुभएको छ ।
कनकाई नगरपालिकाले यसै आर्थिक बर्षको बजेटबाट कनकाई नगरपालिका १ का ४३ जना बिरिङ खोलामा गिटी चाल्ने परिवारलाई आवश्यक पर्ने बेल्चा, जाली लगायातका सामाग्रीहरु सहयोग गरेको हो ।
कनकाई १ मा बसोवास गदै आएका उक्त मजदुरले आवश्यक औजार नपाएको गुनासो आएपछि छनौट गरि यसै आर्थिक बर्षको बजेटबाट उक्त सामाग्री सहयोग गरिएको कनकाई नगरपालिका १ का वडाअध्यक्ष रोषन पोखरेलले बताउँनुभयो । यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले माछा मार्नेका परिवारलाई माछा होइन उनीहरुलाई जाल र बल्छी दिनुपर्छ भन्ने अभिप्रायले यस क्षेत्रका मजदुरलाई आवश्यक सामाग्री प्रदान गरिएको बताउँनुभयो । यस अघि कोभिड महामारीको कारण समस्यामा परेका मजदुरलाई नगरपालिकाको समन्वयमा निशुल्क भोजनको समेत व्यावस्थापन गरिएको थियो ।
तस्वीर ः बिरिङ खोलामा गिटी बालुवा चाल्ने मजदुरलाई आवश्यक सामाग्री प्रदान गर्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, वडाध्यक्ष रोषन पोखरेल, कार्यापालिका सदस्य सीता अधिकारी, वार्डसदस्यहरु देवि अधिकारी र पुष्पहरि चौधरी ।