Kanakai Online

सुरुङ्गा बजारको सडकको हाल यो खोलो होकि सड्क ?


मङ्गलवार, भदौ ३०, २०७७ |

कनकाई अनलाईन
दक्षिण झापा गाउँपालिका वा कनकाई नगरपालिका ३ को साविक सुरुङ्गा ९, हालको कनकाई ५ लगायातबाट तपाई सुरुङ्गा बजार चौक आउदैहुनुहुन्छ भने होसियार पिच सडकमै डुबेर ज्यान जाला ।
यो देखिएको सडक कनकाई नगरपालिकाको ३ नम्बर वार्डको कार्यालयमै जोडिएको पिच सड्क हो तर आजभोली जोकोहि त्यो सडकमा हिडेभने वाढी आएको खोलो भन्दा कम छैन । मोटरसाईकल साईकल चलाउनेहरु यहाँ दैनिक पौडी खेलिरहेको देखिन्छ । अर्को बाटोको विकल्प नभएकोले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन यहाँका नागरिकहरु ।
यस बाटोको विकल्पका रुपमा कनकाई मावि पछाडिको बाटोलाई प्रयोगमा ल्याएपनि हाल सो बाटो समेत जोखिम भएकोले यहाँका स्थानीयवाशीहरु थ्प पिडित बनेका छन । कनकाईका अन्य बाटोहरु हिलाम्बे बनेपनि कनकाई ३ को यो बाटोमा भने असुविधा मात्रै छैन नागरिकको ज्यानै जान सक्ने भन्दै तत्काल यसको विकल्प खोज्न स्थानीयले माग गरेका छन । यता कनकाई नगरपालिकाका एक जनप्रतिनिधिसग यस वारेमा जिज्ञासा राख्दा उक्त बाटो सरकारको टेण्डर समेत परिसकेकोले नबनाएको बताउँनुभयो ।

यता उक्त बाटोको बहुबर्षे टेण्डर खुलेकोले बाटो बन्न लाग्ने थप समय ४ बर्ष अब कसरी विताउने भन्दै स्थानीय चिन्तित बनेका छन । कनकाई नगरपालिकाको राजधानी वार्ड कनकाई ३ को कार्यालय जान समेत स्थानीयवाशीले ज्यानको बाजी थाप्नु परेपछि खै के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखान यहाँ चरितार्थ भएको छ ।

सम्बन्धित खबर