Kanakai Online

कोटीहोम पिसिआर ल्यावका डाक्टरलाई, होटल क्वीन प्यालेशद्धारा निशुल्क आवाश


मङ्गलवार, भदौ ३०, २०७७ |

कनकाई अनलाईन
एकका लागि एक अभियान मार्फत झापाको कनकाई नगरपालिका ४ कोटीहोममा संचालनमा आएको पिसिआर ल्यावका डाक्टर र प्राविधिकहरुले सुरुङ्गा क्षेत्रमा डेरा नपाएपछि यहाँस्थित हाोटल क्वीन प्यालेशले निशुल्क डाक्टर र प्राविधिकलाई ३ वटा कोठा उपलब्ध गराएको छ ।


स्थानीय व्यावसायी बिजय गजुरेलले कोटीहोममा संचालित पिसिआर ल्यावका लागि कसैले पनि डेरा नदिएको सुनेपछि आफुले होटलका ३ वटा कोठा निशुल्क प्रदान गरेको कनकाई अनलाईनलाई बताउँनुभयो । समाजमा अझैपनि कोरोना सचेतना छैन । दिनरात स्वांव चेक गर्ने डाक्टर र प्राविधिकहरु बस्ने भनेपनि यहाँका अन्य होटल र घरवालाहरु कसैलेपनि डेरा कोठा दिन मानेनन धन्न एकजना मनकारी व्याक्तित्व भेटियो र हामीले राख्न सक्यौ, एकका लागि एक अभियानका सदस्य समेत रहनुभएका लीला चिमरियाले कनकाई अनलाईनलाई बताउँनुभयो ।

यता होटल क्वीन प्यालेसका संचालक बिजय गजुरेलले भने आफुले कम्तीमा डेढ महिनाका लागि उक्त कोठा निशुल्क उपलब्ध गराएको बताउदै आफुले यसअघिपनि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई आवश्यक परेको खण्डमा आफ्नो पुरै होटल नगरवाशीका लागि आइसुलेशन बनाउनका लागि निशुल्क दिने वचन दिइसकेको बताउँनुभयो ।

मैले पहिले पनि नगरवाशीलाई आफुले आपत परेको वेला निशुल्क होटल उपलब्ध गराउने नगरप्रमुखलाई भनिसकेको थिए चाहे कोरोना लागेका नागरिक हुन वा पिसिआरका डाक्टर प्राविधिक गजुरेलले भन्नुभयो । पछिल्लो समय व्यावसायी लीला चिमरियाले एकका लागि एक अभियानको डाक्टरलाई राख्न दिनुपर्यो भनेर फोन आयो मैले हुन्छ भने गजुरेलले भन्नुभयो । हाल होटल क्वीन प्यालेशका ३ कोठामा ५ जना डाक्टर र प्राविधिक रहदै आउनुभएको छ । प्रतिकोठा २ हजारका दरले पनि ३ कोठाको हरेक दिनकै ६ हजार पिसिआर ल्यावको वचत भएको चिमरियाले बताउँनुभयो ।

फोटो ः होटल क्वीन प्यालेश र संचालक बिजय गजुरेल तस्वीर कनकाई अनलाईन

सम्बन्धित खबर