कनकाई अनलाईन
मेरो नाम भोला खड्का हो । मेरो घर झापा जिल्ला कन्काई नगरपालिका ५ लालपानीमा पर्छ । पेसाले म व्यवसायी हुँ । कोरोनाको बारेमा धेरै अगाडीबाट सुन्दै आएको हो । तर नमरी स्वर्ग देखिदैन भने झै आफुले अनुभव नगरी थाहा नहुने रहेछ ।
एकजना कोरोना संक्रमित देखिदाँ डराएर घर भित्र लुकेका हामी, बिस्तारै बिस्तारै वातावरण सहज बनाउनु पर्छ भन्ने तर्फ लाग्न थाल्यौ । हुन पनि ४ महिना देखि व्यवसाय बन्द हुदाँ कति नोक्सान भयो भन्ने कुरा पर्नेलाई मात्र थाहा हुन्छ । कन्काई नगरपालिकाको ५ नम्बर वडाले कोरोना जाँच गर्ने रे भनेको खबर सुने । व्यवसाय गर्ने मान्छे भएकोले सुरक्षा अपनाएर हिडिरहेको हुन्थे । त्यसपछि साथीहरुसँग मिलेर मैले पनि कोरोना जाँच गराए । संक्रमित हुन्छु भनेर सोचेकै थिइन् ।
भदौ १९ गते शुक्रबार रिपोर्ट पोजेटिभ आएको खबर पाए । बिश्वास नै लागेन, उल्टै “कस्तो कुरा गर्छौं हौं, यस्तो कुरामा पनि जिस्कने हो भनेर साथीलाई फोनमै भने ।” आधिकारिक रिपोर्ट भइसकेपछि बिश्वास नगर्ने पनि कुरा भएन । सुरुमा आफैले आफैलाई मुल्याङकन गर्न थाले । म कहाँ कहाँ गए, कस्कस्लाई भेट रु मलाई कसरी कोरोना संक्रमण भयो रु डव्लुएचओको मापदण्ड अनुशार सबै सुरक्षा अपनाएकै थिए तर पनि कसरी संक्रमित भए रु मनमा अनेक कुरा खेल्न थाल्यो ।
नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन थपिदै गएको त थाहा पाएकै थिए, तर गाउँमा पहिलोपटक पर्दा अचम्ममा नै परे र आफैले आफैलाई कयौं प्रश्न गरे रु खबर सुनेपछि घर परिवारको बारेमा सोच्न थाले, मैले भेटेको साथीहरु र उनीहरुको बारेमा सोच्न थाले । सामन्य नागरिक म एकाएक अपराधी पो भए कि भनेर महसुस गर्न थाले ।
अन्त्यमा कोरोना लागेका धेरै साथीभाइ र आफन्तलाई समाजबाट हेलाको भावले हेर्ने गरेको पाइयो । उनीहरु र उनीहरुका परिवार प्रति नराम्रो घटना हुने गरेको छ । यसले गर्दा बिरामीलाई थप मानसिक तनाब हुन गइ उसको मनोवल कम भएर रोगसँग लड्न गाह्रो हुन्छ ।
मेरो कारणले गर्दा मेरो बालखा छोरी, श्रीमती र परिवार साथसाथै साथी भाई र उनीहरुको परिवारको बारेमा सोच्न थाले । कतै मैले ठूलो अपराध त गरेको छैन भनेर भान भयो । मैले यस्तो महसुस गर्नुको कारण भनेकै म भन्दा पहिले संक्रमित हुनुभएको साथीहरुको अनुभवले हो । कतिले सामाजिक बहिष्कारमा परेको त कतिले अग्रपंतीमा खटेर काम गर्ने डाक्टर, नर्स र सुरक्षाकर्मीलाई नै घरबाट निकालेको समाचारहरु सुनेको हेरेको र देखेको थिए ।
बिश्वलाई नै आक्रान्त पारेको कोरोनाको रिपोर्ट पोजेटिभ आएको मैले स्वीकार्नु नै थियो । र अन्ततस् मन भारी पार्दै स्वीकारे । म मा कोरोनाको कुनै पनि लक्षण नभएकोले सरकारको मापदण्ड अनुशार मैले पनि होम आइसोलेनमा बस्नु पर्ने भयो । मलाई कोरोना भन्दा पनि समाजसँग डर थियो । समाजले कस्तो नजरले हेर्ने हो के गर्ने हो, काठमाडौंमा डाक्टरलाई खेदाउन घर घेरे जस्तै मेरो घरपनि घेर्ने हुन् कि भन्ने अनेकौं डर मनमा लाग्न थाल्यो ।
घरमा मेरो लागि अलगै रुम बनाइयो । म त्यहिँ बस्ने भए । नहुनु पर्ने थियो भयो भनेर स्वीकार गरे र मेरो सम्पर्कमा आउनु भएकोलाई सचेत गराउने उद्धेश्यले फेसबुकमा लेखे ।
धेरै साथीहरुले हौसला दिनुभयो । आफन्तको सहयोग निरन्तर पाईरहे । कुनै लक्षण नदेखिएको र पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर बसेकाले मलाई यस बीचमा कहिल्यै पनि गाह्रो भएन । म नियमित व्यायाम र वर्कआउट गरिरहन्थें । मनमा आत्मविश्वास थियो । तर पनि कहिले काहीँ अरुले गर्ने व्यहारले मन दुख्ने रहेछ । म, मेरो परिवार, र छिमेकी मिलेर समाज बन्छ । हामी यसै पनि सामाजिक प्राणी हौं भनेर विधालय जीवनबाट नै पढ्दै आएको हो । तर पनि कोरोनाले हामीलाई धेरै असामाजिक बनाएछ । हामी सहि र गलत पहिचान गर्न नसक्ने भएछौं । शिक्षित वर्ग भनिएकाहरुले पनि नबुझ्दा चै मनमा नराम्रो लाग्ने रहेछ तर पनि म समाजको बारेमा नराम्रो भन्दिन । म, मेरो परिवार र मेरो स्टाफले भोगेका भोगाइहरु आफुसँगै राख्दै आगामी दिनमा कोरोना संक्रमणमा पर्नु भएकोहरुलाई हौसला दिन निरन्तर लागिरहने छु ।
समाजले नजानेर र नबुझेर नै नराम्रो कार्यहरु गर्ने हो । म अब कोरोना संक्रमण हुनुभएकाहरुको आत्मबल उच्च बनाउन लागि पर्छु । युवाको जोश र जाँगरलाई उजागर गर्दै समाजलाई रुपान्तरण गर्न लागिपर्नेछु । हृदयमा इमान्दारी, दिमागमा समझदारी र काँधमा जिम्मेवारी बोकेर असल नागरिकको भुमिका निर्वाह गर्दै कोरोना लागेको मानिसहरुलाई हौसला दिन र यस सम्बन्धीका भ्रमहरु चिर्न लागिपर्नेछु । आज १० दिनमा म कोरोनाको संक्रमणबाट मुक्त्त भए । मलाई हौसला दिने सबै परिवार साथीभाई तथा सबैजनालाई धन्यवाद दिन चाहन्छु । अन्त्यमा कोरोना लागेका धेरै साथीभाइ र आफन्तलाई समाजबाट हेलाको भावले हेर्ने गरेको पाइयो । उनीहरु र उनीहरुका परिवार प्रति नराम्रो घटना हुने गरेको छ । यसले गर्दा बिरामीलाई थप मानसिक तनाबले गर्दा मनोवल कम भएर रोगसँग लड्न गाह्रो हुन्छ ।
यस्ता व्यवहार कसैले कसैप्रति नगर्नुहुन म अनुरोध गर्दछु । आज तपाई संक्रमित हुनुहुन्न भने भोलि पनि संक्रमित हुनुहुने छैन भन्ने कुनै ग्यारेन्टी हुन्न ।
त्यसैले स्वास्थ्य सुरक्षामा खटिने सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य सबैलाई माया र सद्भावपूर्ण व्यवहार गरे मात्र सबैको साथ र सहयोगले मात्र हामीले यो महामारीबाट विजय प्राप्त गर्न सक्छौं ।
केटीएम दैनिकबाट साभार