Kanakai Online

शिखर साकोसद्धारा सदस्यलाई कुरिलो र रायो


शनिवार, भदौ २७, २०७७ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको शिखर बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई निशुल्क कुरीलोको विरुवा तथा रायोसागको बिउ बितरण गर्ने भएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको समयमा घरमा सुरक्षित बस्नु आजको आवश्यकता भएको भन्दै संस्थाले आफ्ना सदस्यकालागि ‘बोट विरुवा रोपौ स्वस्थ्य रहौं’भन्ने नारा सहित भाद्र १७ गतेबाट कुरिलोको विरुवा र रायो सागको विउ वितरण गर्ने भएको हो ।
सदस्यहरुले घरमै बसि रहनु पर्ने अवस्थालाई मध्यनजर गदै बोट विरुवा रोप्न प्रेरणा मिलोस् भनेर निशुल्क कुरीलोको विरुवा र रायोसागको विउ वितरण गर्न लागिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।
अध्यक्ष राउतले भने, सदस्यहरुले आफ्नो घरबारीमा नै अर्र्गानिक उत्पादन गर्न सक्दा स्वस्थ्य रहन सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
कुरिलोको उन्नत जातको विरुवा र मुस्ताङ्गे रायोको विउ वितरण गरेर सदस्यहरुलाई विरुवा रोप्न हौसला प्रदान गर्ने मुल उदेश्यका साथ पहिलो पटक यो कार्यक्रम गर्न लागिएको अध्यक्ष राउतको भनाई छ ।
संस्थाले १२ सय कुरीलो तथा रायको विउ विरुवा बितरण गर्ने जनाएको छ । संस्थाको केनिद्रय कार्यालयबाट सदस्यले आवश्यक विउ तथा विरुवा लान सक्ने पनि संस्थाले जनाएको छ ।
चैत्र ११ गतेबाट कोरोना कोभिड १९को प्रकोपले गर्दा सहकारी क्षेत्र पनि प्रभावित भएको भन्दै संस्थाले कोभिडको असरबाट सुरक्षित रहदै आफ्ना सदस्यहरुलाई सेवा दिइरहेको जनाएको छ ।
२०६७ सालमा स्थापित यो संस्थाले बिभिन्न क्षेत्रमा काम गरिसकेको छ । संस्थाले लकडाउनको अवधिमा झापाका स्थानीय तहले विपन्न समुदायका नागरिकलाई राहात दिन खडा गरेको कोषमा ३ लाख दिइसकेको छ । साथै कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पीसीआर ल्याब स्थापनाकालागि एकका लागि एक अभियानलाई ५१ ह्जार, अर्जुनधारा नगरपालिकाको क्वारेन्टाईनमा रहेका २ सय बढी ब्यक्तिहरुलाई नयां लता कपडा र अजुनधारा नगरक्षेत्रका २ सय विपन्न परिवारलाई खाद्यान्न समेत वितरण गरेको जनाएको छ ।
साथै संस्थाको आ.व ७६÷७७ को शेयर पुजी ४ करोड ७९ लाख २८ हजार ७ सय रहेको छ । बचत मा ४६ करोड २२ लाख ३७ हजार ७ सय ३ रहेको जनाएको छ । संस्थाले यो वर्ष ९६ लाख ९२ हजार ५सय ५५ रुपैया नाफा कमाउन सफल भएको छ । संस्थाले चैत्र ११ गते देखि असार मसान्त सम्म लकडाउनको अवधिमा सदस्यहरुलाई रु १० लाख ६३ हजार ५ सय २ रपैंया ब्याज र हर्जना बापतको रकम छुट गरेको जनाएको छ ।

सम्बन्धित खबर