Kanakai Online

झापा गाउँपालिका कर्मचारीद्वारा प्रथम साहित्यिक भेला सम्पन्न।


शुक्रवार, भदौ २६, २०७७ |

कनकाई अनलाइन

कामाटोली,भदौ २६।झापा गाउँपालिकामा कार्यरत साहित्यप्रेमी कर्मचारीहरुले प्रथम साहित्यिक भेला तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेका छन ।

साहित्य सृजना मार्फ़त समाजमा सार्थक परिवर्तन गर्न योगदान होस भन्ने मूल ध्येयका साथ भदौ २६ गते गाउँ कार्यपालिकाको सभाहलमा भेला भई कर्मचारीहरुले साहित्यका बिभिन्न बिधामा रहेर कबिता, गजल तथा रचनात्मक विचार सहितको कार्यक्रम गरेको साहित्य अनुरागी तथा कर्मचारी उदय मैनालीले क़नकाई आनलाइनलाई बताउनु भयो ।

कार्यक्रममा साहित्यिक रसस्वादन गर्न उपस्थित झापा गाऊँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले साहित्य मार्फ़त जीवन र जगतको भलाई गर्न सकिने विचार राखनु भयो । प्रमुख प्रशासकीय अधिकृत निरौलाद्वारा ग़ज़ल वाचन संग़ै उपस्थित कर्मचारीहरु जीवन ढकाल, खड्ग प्रसाद खरेल, हिमाल मिश्र, महेश बराल, उदय मैनाली, अम्बिका गौतम, युवराज दाहल, चंद्रमणि तिमसिंना, राजु उराऊ, पत्रकार केशब चापागाई लगायतले आफ्नो रचना वाचन गरेका थिए ।

अग्रज साहित्यकार प्रेम प्रभातको ग़ज़ल संग्रहका केही उत्कृष्ट ग़ज़लबाट कार्यक्रमको माहोल साहित्यमयी भएको थियो । उदय मैनालीद्वारा संचालित साहित्यिक भेलाबाट प्रेम प्रभात को संयोजकत्व वाचित रचना संग्रह समिति समेत गठन गरिएको थियो । समितिको सदस्यहरु मा जीवन प्रसाद ढकाल, अम्बिका गौतम, युवराज दाहाल तथा उदय मैनाली रहनु भएको छ ।

भविष्यमा झापा गाऊँपालिका मा रहनुभएका सबै साहित्यप्रेमी हरुलाई समेटदई साहित्य क्षेत्रमा यस गाऊँपालिकालाई स्थापित ग़राउने उधेस्यका साथ शुरुआत गरिएको प्रथम कार्यक्रमले आगामी दिनमा मासिक साहित्यिक गोष्ठी, रचना वाचन तथा अन्य विविध कार्यक्रम गर्ने निर्णय भएको जनाईएको छ । साथै भेलाले भविस्यमा झापा गाऊँपालिका स्तरीय साहित्यिक प्रतिस्ठान स्थापना गरी नेपाली साहित्यमा योगदान गर्न आम साहित्यप्रेमी झापाबासीमा आवाहन पनी गरेको छ ।

सम्बन्धित खबर