Kanakai Online

कोरोना कहरबिच विकास लिएर गाउँ पुगे सांसद साँबा (भिडियो सहित )


शुक्रवार, भदौ २६, २०७७ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का संघिय सांसद एलपि साँबा लिम्बुले अबका बाकी दुई बर्षभित्रै जिल्लाकै दुर्गमका रुपमा चिनिने झापा गाउँपालिकालाई कालेपत्रेले बेरिदिने प्रतिवद्धता जनाउँनुभएको छ ।


कोरोना कहरका बिच झापा गाउँपालिका ५ र ६ जोडने दुईबटा कालोपत्रेको एकसाथ शिल्यान्यास गर्नुहुदै सांसद साँबाले जिल्लामा र जिल्ला बारिरसमेत अति विकट र दुर्गम भनेर झापा गाउँपालिकालाई पुकारिने गरेको भन्दै अब यस क्षेत्रको विकास र समृद्धिमा आफ्नो र सरकारको सबै ध्यान केन्द्रित भएको बताउँनुभयो ।

सांसद साँबाले अबको दुई बर्षभित्र झापा गाउँपालिकामा एउटापनि फुस्को छानो भएको घर हेर्न नपाइने र हिलो बाटो समेत कहिपनि नदेखिने भन्दै झापा जिल्लाका सबै मुख्य बाटोलाई कालोपत्रेले जोड्ने प्रतिवद्धता समेत जनाउनुभयो । हुलाकी राजमार्गको समेत बाकी काम एक बर्षभित्रै सम्पन्न हुने, झापाका सबै वार्डबाट सुरुङ्गा, भारतको सिमा, चद्रगढी र विराटनगरसम्म जोड्ने बाटो कालोपत्रै हुने सांसद साँबाले बताउँनुभयो ।

आफु २०७० सालमा यस स्थानमा निर्वाचन लड्दा आधा क्षेत्रमा मात्रै गाडीमा चढ्न पाएको र बाकी क्षेत्रमा हिडेरै भोट माग्न हिडेको स्मरण गर्दै सांसद साँबाले अव आफ्नो कार्यकाल सकिदा नसकिदा जो निर्वाचनमा उठेपनि गाडीमै प्रत्येक जनताको घरदैलोसम्म पुग्ने वातावरण बनाउने बताउँनुभयो । यहाँका जनताले आधा उमेर बाटोमै विताएका छन । खराब बाटो हुदा यहि शरणामती सुरुङ्गासम्मको बजारमा गएर सामान खरिद गरेर आउँदासमेत दिन बित्ने गरेको भन्दै अवको केहि महिनाभित्रै त्यो समस्या सबै हट्ने बताउँनुभयो । झापा गाउँपालिकामा हालपनि पहिलेको तुलनामा बाटोघाटोमा धेरै सुधारभईसकेको बताउँदै बाकी दिनमा विकास दिन दुगुना रात चौगुनाले हुने बताउँनुभयो ।


सांसद साँबाले झापा गाउँपालिकाका बाटोले छिमेकी पालिका जोडेपछि यहाँका उत्पादनहरुले देश तथा विदेशका सबै क्षेत्रमा बजार पाउने बताउँनुभयो ।
सोही अवशरमा सांसद साँबाले झापा गाउँपालिका ६ खालिङ्गबस्तीदेखि झापा गाउँपालिका ५ नेपालभारत सिमास्थित जंगेपिलर सम्मको ९ किलोमितरसम्मको कालोपत्रे सडकको शिल्यान्यास गर्नुभयो ।


उक्त सडकहरु दुई निर्माण कम्पनीहरु खनाल कन्स्ट्रक्सन प्रालि ईलामले भ्याट र पिएस बाहेक ३ करोड ८० लाख ३५ हजार ८ सय १५ र देव एण्ड सायर एसए जेभिले भ्याट सहित ४ करोड २१ लख ४१ ह्जार ४०७ रुपैँयामा पारेका हुन । दुबै ठेक्का सडक विभाग दमकले प्रति टेण्डर ५ करोडमा लगाएको हो ।


गत साउन २९ गते सम्झौता भएको दुबै ठेक्का यसै आर्थिक बर्षको चैत्र २८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ । सो अवरमा सांसद साँबाले कोरोना, खोला लगायातको कुनै वहानामा तोकिएको समयसिमाभन्दा सडक निर्माणमा ढिलाई नर्गन ठेकेदार प्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।
उक्त अवशरमा ठेकेदार प्रतिनिधिहरु सैलेन्द्र कुरुहाङ्ग र कृष्ण कार्कीले आफुहरुले तोकिएको समयसिमाभन्दा अघिनै सडक निर्माण सकाउने प्रतिवद्धता जनाउनुभएको थियो ।


कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी, वार्डअध्यक्षद्धय झापा गाउँपालिका ६ का हरिबहादुर बानिया, ५ का दिनेश राजवंशी , नेकपा झापा गाउँपालिका अध्यक्ष रुद्र बजगाईँ, सचिव गजेन्द्र ताम्ली लगायातले सडक निर्माणमा आआफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभयो ।

सडक विभाग दमकको आयोजनामा सम्पन्न दुबै सडक उद्घाटन कार्यक्रम इन्जिनियर अनुप साउदेनको सभापतित्व तथा गणेश निरौलाको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर