कनकाई अनलाईन
झापामा आज थप तीन स्थानीय तहमा आज १४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोडमा २ जना, मेचीनगरमा ३ जना र दमकमा ९ जनामा कोरोना पुष्टि भएको हो । यसमध्ये २ जना भारतीय नागरिक छन् भने १२ जना स्थानीयमा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिए ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीवारसम्म झापामा २२ हजार ८ सय १२ जनाको स्वाब संकलन भएको छ ।
जिल्लामा ३ जनाको कोरोनाकै कारण मृत्यू भएको छ भने जम्मा संक्रमितको संख्या ७ सय ३९ पुगेको छ । संक्रमित मध्ये ५ सय २५ जना उपचारपछि घर फर्किएका छन् ।