Kanakai Online

चाँदनी सडकमा खोलो बग्दै स्थानीय दुखित


बिहिवार, भदौ २५, २०७७ |

कनकाई अनलाईन

दुई वर्षयता स्तरीकरणको काम अलपत्र परेपछि भद्रपुर १० चाँदनी टोलको सडक हिड्न नसकिने भएको स्थानीयको दुखेसो छ ।

पटक पटक नगर सरकारसित गिटी बालुवा लगाइदिन गरिएको अनुरोध नसुनिएपछि पानी पर्दा खोला जस्तै सडकमा पानी बग्ने गर्दा सास्ती सहनु परेको पीडितहरूको गुनासो आएको हो ।

स्थानीय किशोर पौडेलका अनुसार सो सडक स्तरीकरणका लागि दुई वर्षयता गरिएको प्रयास सरकारी पक्षले अस्वीकार गरेकै कारण हिलोले सडक हिड्न नसकिने अवस्था निर्माण भएको हो ।

सो सडकमा पानी निकासका लागि व्यवस्थित नाली समेत नहुँदा वर्षादको पानी सडकमै जम्ने अवस्था आएको त्यहाँका बासिन्दाको भनाइ छ ।

सम्बन्धित खबर