कनकाई अनालाईन
झापा गाउँपालिकाको ठुलो माइको तटमा अनौठो अंजगको माछो फेला परेको छ ।
स्थानीय भाषामा बगाह जातको २५ किलो भन्दा बढी तौलको यो माछो झापा गाउँपालिका-२ निवासी स्थानीय अशोक मुखिया र उनको परिवारले सो माछा खोलामा हिजो दिउसो फेला पारेका हुन ।
उक्त माछो हालसम्म गाउँपालिकामामै फेला परेको ठुलो माछो भएको झापा बजार व्यावस्थापन समितिका अध्यक्ष विकास अग्रवालले बताउँनुभयो ।
उनले सो माछालाई मोटरसाईकलमा हालेर स्थानीय झापा बजारमा ल्याएर प्रतिकिलो एक हजारका दरले बिक्री गरेका थिए । अनौठो माछो हेर्न र किन्न मानिसको भिड वडेको थियो । आफुले उक्त एउटै माछो २५ किलो विक्री गरेर केहि किलो खानका लागि घर समेत लगेको मुखियाले बताउँनुभयो ।