कनकाई अनलाईन
२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् ।
यता झापामा समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीब्र हुँदै गएको छ । व्यवसायी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी सबै संक्रमणको सिकार भएका छन् ।
आज मात्रै झापामा १५ जनामा संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले यो जानकारी दिएको हो । समुदाय तहमा संक्रमण देखिएको कनकाई नगरपालिकामा थप १३ जना संक्रमित भेटिएका छन् ।
समुदाय तहमा बिर्तामोड नगरपालिकामा र बाह्रदशीमा एक–एक जनामा संक्रमण देखिएको कोरोना फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।