Kanakai Online

कनकाईमा आज थप १३ जनामा कोरोना


सोमवार, भदौ २२, २०७७ |

कनकाई अनलाईन
समुदायमा फैलिएर नियन्त्रणभन्दा बाहिर गईसकेको कनकाई नगरपालिकामा आज थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै स्थानीय समुदायकै रहेको कनकाई नगरपालिका स्वास्थ्य साखाले जनाएको छ ।

गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । जसमा कनकाई ३ मा ९ जना र ७ मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कनकाई ३ मा केहिदिन अघि कनकाई नगरपालिकाको डाटा इन्ट्रीमा काम गर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि गरिएको उनको घर तथा गाउँमा थप चेक गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य साखाले जनाएको छ ।

जसमा महिला ५ जना र पुरुष ४ जना रहेका छन ।
यता कनकाई ७ मा कनकाई नगरपालिकाका एक जना सवारी चालक र वाकी उनकै छिमेकीहरुमा कोरोना पुष्टि भएको हो । कनकाई नगरपालिकामा यो सगै कोरोना संक्रमितको सङ्ख्या ५० नजिक पुगिसकेको छ , भने एक जना संक्रमितको मृत्यु समेत भइसकेको छ । कनकाई नगरपालिकाको हिजो थप ४५ जनाको पिसिआर चेक गरिएको छ भने आज पनि कनकाई ३ मा पिसिआरका लागि स्वांव लिने नगरपालिका स्वास्थ्य साखाले जनाएको छ ।

सम्बन्धित खबर