कनकाई अनलाईन
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट आइतबार थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौंका ३ जना, मोरङका २ जना र झापा, गोरखा, चितवन र धनुषाका एक(एक जनाको मृत्यु भएको हो ।
बूढानीलकण्ठ नगरपालिका(९, काठमाडौंका ८५ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । श्वास प्रश्वासको समस्या दिएर भदौ २० गते भर्ना भएका उनी दम, मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।
तारकेश्वर नगरपालिका(८, काठमाडौंका ७४ ववर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । मुटु र मिर्गौलाका बिरामी उनी भदौ १९ गते अस्पताल भर्ना भएका थिए र २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
डल्लु, काठमाडौंका ६८ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित उनले १७ गते स्वाब दिएका थिए र २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको त्यही दिन मृत्यु भएको हो ।
शनिबार साँझ मृत्यु भएका बिराटनगर महानगरपालिका (२, मोरङका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार साँझ कोशी अस्पताल लगिएको थियो । अस्तालमा पुग्दा उनको मृत्यु भइसकेको थियो ।
विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बुढीगंगा गाउँपालिका( ४, मोरङका का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी उनी तीन दिनअघि अस्पताल भर्ना भएका थिए र आइतबार मृत्यु भएको थियो । मृत्युपछि कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको छ ।
कन्काई नगरपालिका ३ झापाकी ४५ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पताल भर्ना भएकी उनलाई १८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
गोरखा अस्पतालमा मृत्यु भएकी गोरखा नगरपालिका(७, गोरखाकी ७५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मष्तिस्कघातकी बिरामी उनलाई शनिबार दिउँसो अचेत अवस्थामा अस्पताल भर्ना गरिएको थियो र, साँझ मृत्यु भएको थियो ।
भरतपुर महानगरपालिका(१५, चितवनका ७० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मिर्गौलामा समस्या भएपछि डायलासिस गराउँदै आएका उनको श्वासप्रश्वासमा समस्या लिएर १२ भदौमा अस्पताल भर्ना भएका थिए ।
धनुषाका ३५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
९८० संक्रमित थपिए
पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३५४ जना संक्रमित थपिएका छन् ।
यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।