Kanakai Online

झापा सुरुङ्गामा कोरोना लागेर एक महिलाको गयो ज्यान


आइतवार, भदौ २१, २०७७ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ टप्पुमा एक महिलाको कोरोना लागेर मृत्यु भएको छ । उपचारका क्रममा उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज डेढ बजेतिर मृत्यु भएको हो । उनी ४५ बर्षिय रहेकी छिन ।

उनी गत भदौ १५ गते पेट फुलेर उपचारका लागि अंञ्जली अस्पताल बिर्तामोड गएकी थिइन । त्यहाँ उपचार सम्भव नभएपछि मेची प्रादेशिक अस्पताल भद्रपुर हुदै थप उपचारका लागि धरान घोपा पुगेकी थिइन । त्यहा उपचारका क्रममा उनलाई २ दिन पहिले कोरोना पुष्टि भएको थियो । उनको आज दिउसो निधन भएको कनकाई नगरपालिकाका कोरोना सुचना तथा संचार समितिका सदस्य लक्ष्मी अधिकारीले पुष्टि गर्नुभयो ।

कनकाई नगरपालिकामा कोरोना कहरमा रहेको बेला नागरिकको समेत मृत्यु भएपछि लक डाउनलाई थप कडाई पारिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित खबर