Kanakai Online

क्यान्सर पिडितलाई सहयोगको अपिल।


शनिवार, भदौ २०, २०७७ |

कनकाई अनलाइन

शरणामती,भदौ २०।झापा गाउँपालिका-६ निवासी बाहा मुर्मुको गालामा क्यान्सर भएपछी उनका परिवारले सहयोगको अपिल गरेका छन।

मुर्मुलाई गत साउन २६ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन लगिएको थियो।बिर्तामोडको बिर्तासिटी हस्पिटलले गालामा रहेको घाउमा क्यान्सरको सिन्टम देखिएको भने पछी विपन्न अबस्थाका मुर्मु परिवारले समाजका अगुवा युवाहरु मनोज ताम्ली,प्रेम बिस्ट,केशब बजगाईं लगायत संग सहयोग गरिदिन आग्रह गरेका थिए।त्यसबखत युवा अगुवाहरुको पहलमा ३५,७४० रुपैयाँ संकलन गरि क्यान्सर अस्पताल भरतपुरमा बिरामीलाई भर्ना गरिएको युवा अगुवा मनोज ताम्लीले कनकाई अनलाइनलाई बताए।बिपन्न परिवारलाई क्यान्सर लाग्दा राज्यले गर्ने सहयोगबारे पनि उचित प्रक्रिया पूरा गरेको ताम्लीको भनाई छ।अब गालाको क्यान्सरको अप्रेसन गर्ने तयारी भइरहेको अस्पताल स्रोतलाई उद्दग्रीत गर्दै ताम्लीले बताए।

मुलुकको बन्दाबन्दीका कारण भरतपुरमा यति लामो क्षण सम्म बस्नु पर्दा पैसाको अभाब भएको छ, अब कसरी थप उपचार गर्ने,यहाँ कसरी अझै बस्ने,कसरी घर फर्कने चिन्ताले सताएको पारिवारिक स्रोतले बतायो।खान,लाउन नै समस्या हुने मुर्मु परिवारलाई जीवन बाच्ने बचाउँने संघर्षमा जुझिरहनु परेको छ।”एक रुपैया पनि आयस्रोत हुने बाटो छैन,आमाको उपचारमा सहयोग गरिदिए म आभारी हुने थिए” मुर्मुका छोरा इश्वर मुर्मुले(डलोर) भने।

विभिन्न संघ संस्था,सरोकारवाला निकायहरु,बुद्दीजिबी,समाजसेवी,इच्छुक दाताहरुलाई आबश्यक आर्थिक सहयोग गरिदिनु हुन इश्वर मुर्मु(डलोर)ले अनुरोध गरेका छन।आर्थिक सहायता गर्न इच्छुक दाताहरुले ९८१४०७८५३४ मा सम्पर्क गर्न समेत मुर्मुुुले आग्रह गरेका छन।

अगुवा युवाहरुको पहलमा यसरी आर्थिक संकलन गरिएको थियो।

सम्बन्धित खबर