Kanakai Online

नेपाली कांग्रेसको अगुवाईमा रक्तदान (फोटो सहित)।


शुक्रवार, भदौ १९, २०७७ |


शरणामती ,भदौ १९ । नेपाली काँग्रेस झापा गाउँपालिका वडा नं ६ कार्य समितिको आयोजनामा शरणामती बजारमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।


नेपाली कांग्रेस झापा गाउँपालिकाको समन्वयमा  छ नंम्बर वडा समितिले गरेको रक्तदान कार्यक्रममा १२८ जनाले रक्तदान गरेको नेपाली कांग्रेस झापा गाउँपालिका-६ का वडासभापती मोहन मिश्रले कनकाई अनलाइनलाई बताउनु भयो।नेकाले स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा सो वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको मिश्रले बताउनु भयो ।


नेपाली कांग्रेस वडा ६ कार्य समिति का सभापति मोहनप्रसाद मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य देवकुमार थेवे , विशिष्ट अतिथिहरु क्षेत्रीय सभापति जयनारायण शाह , नेपाल रेडक्रस सोसाइटी प्रदेश नं १ कोषाध्यक्ष ओमप्रकाश गौतम , अतिथिहरु पर्शुराम ढुङ्गाना , शिव कँडेल, जगन्नाथ राजवंशी , अन्जु थपलिया , सुन्दरलाल गणेश, वसुन्धरा थपलिया , सन्तोष नेपाल,शहरमान कटुवाल , राजकुमार यादव , देवेन्द्रचन्द्र सिंह राजवंशी , काजी राउत लगायतको उपस्थिती रहेको थियो।


कार्यक्रममा प्रमुख अतिथि थेवेले स्व. बिपी कोइरालाको जन्मजयन्ती को सप्ताहव्यापी कार्यक्रममा यस रक्तदानलाई सफल बनाउन सबैले सहयोग गरेको प्रती हार्दिक धन्यबाद प्रकट गरेका थिए।


जगन्नाथ राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा शुभकामना मन्तव्य वडा नं ६ का अध्यक्ष हरि वानियाँ , ओमप्रकाश गौतमलगायतले राखेका थिए । कार्यक्रमको संचालन रोहित पोद्धारले गरेका थिए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग जिल्ला रेडक्रसले गरेको थियोे।


कार्यक्रमको अन्त्यमा वडासभापती मिश्रले रक्तदान जीवन दान हो भन्दै रक्तदान गरेर सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यबाद प्रकट गर्दै कार्यक्रमको अन्त्य भएको घोषणा गरेका थिए। 

सम्बन्धित खबर