कनकाई अनलाइन
झापा,भदौ १७।झापा गाउँपालिकाका हाट बजार पुन थप ७ दिन पुर्णरुपमा बन्द गरिने भएको छ।झापा गाउँपालिकामा बसेको विपद व्यबस्थापन समिती र सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो।
गाउँपालिकाले आज एक सुचना जारी गर्दै विपद ब्यवस्थापन र सर्वपक्षिय भेलाको निर्णयनुसार देशमा बढ्दै गईरहेको कोभीड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सबन्धी मापदण्ड पालन गर्ने गराउने सन्दर्भमा आज १७ गते बुधबारबाट एक हप्ता सम्मका लागी साप्ताहिक रुपमा लाग्ने हाटबजार पुर्णरुपमा बन्द रहने,खाद्य किराना लगायत अन्य पसलहरु १२ बजे सम्म मात्र खुल्ला रहने,सहकारी संस्था तथा वित्तिय कारोबार गर्ने अन्य संस्था १ बजे पछी बन्द रहने,वडा कार्यालयहरु २ बजे पछी बन्द रहने र औषधि पसल भने पुर्ण रुपमा खुल्ला रहने जनाएको छ।सुचनामा बजार तथा कार्यालय जादाँ अनिवार्य रुपमा सामाजिक दुरी कायम राख्दै मास्क प्रयोग गर्नु पर्ने अन्यथा प्रसासनबाट कारबाही अथवा जरिवाना गरिने उल्लेख छ।
सुचना यस्तो छ।