Kanakai Online

नेपालकै पहिलो सामुदायिक वनको पुस्तकालय कनकाई वनमा


सोमवार, भदौ १५, २०७७ |

आज पुस्तकालय दिवश
कनकाई अनलाईन
नेपालकै पहिलो सामुदायिक वनमा पुस्तकालय झापाको कनकाई सामुदायिक वन सुरुङ्गामा खुलेको छ ।
वन समुहभित्र खुलेको कनकाई सामुदायिक वन पुस्तकालयमा सामुदायिक वन, पशुपालन, जडीबुटी खेती , बोटबिरुवा र कनकाई तथा जिल्लाभरका लेखक साहित्यकारका ३ हजार जति पुस्तकहरु रहेको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीले बताउँनुभयो । पुस्तकालय स्थापनका लागि वन विभाग काठमाण्डौ, रेड साखा तथा कनकाई नगरपालिकाका साहित्यकार लेखक र पत्रकारहरुले ठुलो सङ्ख्यामा पुस्तक प्रदान गरेको पुस्तकालय समितिका संयोजक तथा कनकाई सामुदायि वन समुहका कोषाध्यक्ष प्रकाश थापाले बताउँनुभयो ।


पुस्तकालयबाट वन सम्बन्धि खोज अनुसन्धान गर्नका लागि सन्दर्भ सामाग्री खोज्न आउने तथा वन समुहका ३४ सय घरधुरी तथा कनकाई नगरपालिका र जिल्लाबाट समेत वन बोटविरुवा सम्बन्धि खोज अनुसन्धानका लागि आउने गरेको वन समुहका उपाध्यक्ष ललितबहादुर कार्कीले बताउँनुभयो ।
वन समुहमा रहेको पुस्तकालयलाई समयसापेक्ष डिजिटल गर्दै लैजाने निति रहेको वन समुहकी सचिव मान्ता खरेलले बताउँनुभयो ।
कनकाई सामुदायिक वन समुह नेपालकै पहिलो सामुदायिक वन हो जसको स्थापना २०४८ सालमा केदार गिरीको अध्यक्षतामा भएको हो । सामुदायिक वनको हाताभित्र ५ हेक्टर क्षेत्रमा विज्ञान पार्क बनिरहेको छ ।

सम्बन्धित खबर