Kanakai Online

कनकाई माविका ३६ शिक्षकलाई शैक्षिक सामाग्रीमा ल्यापटप


सोमवार, भदौ १५, २०७७ |

कनकाई अनलाईन
नमुना विद्यालय कनकाई माविका ३६ जना शिक्षकलाई शैक्षिक सामाग्रीका रुपमा ल्यापटप प्रदान गरिएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष कार्यक्रमका विच शिक्षकलाई शैक्षिक सामाग्रीका रुपमा ल्यापटप प्रदान गर्नुभयो । उक्त ल्यापटप शिक्षकहरुकको २५ प्रतिशत लगानी र नेपाल सरकार शिक्षा तथा जिज्ञान प्रविधि मन्त्रालयको नमुना विद्यालय विकास कार्यक्रमको ७५ प्रतिशत रकमबाट शिक्षकलाई प्रदान गरिएको विद्यालयका प्रअ कर्णबहादुर डाँगीले बताउँनुभयो ।
लामो समयसम्मको विद्यालय बन्दले विद्यालयमा पठनपाठनमा समस्या भएपछि नियमित पठनपाठनमा सहयोग पुर्याउन यहाँस्थित कनकाई माविका ३६ जना शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो ।
ल्यापटप प्रदान पछि विद्यालयको अनलाईन पठनपाठनमा थप मद्धत मिल्ने प्रअ डाँगीले बताउँनुभयो ।
विद्यालयबाट हालपनि कक्षा ४ देखि १० सम्मका २५ प्रतिशत विद्यार्थीहरु जुम एप्पको सहयोगबाट शिक्षण सिकाई क्रियाकलापमा सहभागि भइरहेको विद्यालयका शिक्षक तीर्थराज खरेलले बताउँनुभयो । विद्यालयलाई सरकारले नमुना विद्यालय घोषणा गरेपछि विद्यालयले स्मार्ट बोर्डमा नियमित पठनपाठन गरिरहेको खरेलले बताउँनुभयो । हाल कनकाई माविमा २ हजार वढी विद्यार्थी अध्यानरत् रहेका छन । विद्यालयले नगरपालिकालाईनै प्रविधिमैत्री बनाउने लक्ष्य राखेको प्रअ डाँगीले बताउँनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख पोखरेलले कनकाई माविले नगरको समग्र शैक्षिक क्षेत्रकै अभिभावकीय भुमिका खेल्न आग्रह गदै यसका लागि सहयोग गर्न नगरपालिका तयार रहेको बताउँनुभयो । नगरप्रमुख विकास निर्माणका हिसाबमा कनकाई नगरपालिका ६० बर्षेकै अवधिमा निर्वाचित जनप्रतिनिधि निर्वाचित भइसकेपछिको ३ बर्षको कार्यकालमा त्यो भन्दा वढी भएको बताउँनुभयो ।

भौतिक विकास भइरहेको छ अबको विकास भनेको शिक्षा र प्रविधिमा हुने छ पोखरेलले भन्नुभयो । कार्यक्रममा बोल्दै नगर शिक्षाका प्रमुख पिताम्बर गौतमले कनकाई माविको सिको अन्य विद्यालयमा समेत गर्नुपर्नेमा जोड दिनुभयो । कोरोना माहामारीका विच शिक्षामा अवशर र चुनौती दुबै रहेको भन्दै चुनौतीलाई अवशरमा बदल्नु आवश्यक भएको गौतमले बताउँनुभयो । कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवलकिशोर दत्त, शिक्षक प्रतिनिधि बल्लभकुमार गौतम, शिक्षक दिलिमकुमार खतिवडा लगायातले विद्यालय अव चाडै प्रविधिमा फड्को मार्ने बताउँदै कोरोना महामारीको चुनौतीलाई अवशरमा बदल्न सबै एक हुनुको विकल्प नरहेको बताउँनुभयो ।
सोहि अवशरमा स्थानीय निर्माण व्यावसायी ठेकेदार मोहमद इज्रायलद्धारा विद्यालयलाई एक थान स्मार्ट टिभी समेत प्रदान गर्नुभएको थियो ।
हाल विद्यालयमा २००६ जना विद्यार्थी रहेको यसै शैक्षिक सत्रमा १७० जना नयाँ विद्यार्थी भर्ना भएको, ५९ जना पुर्णकालिन शिक्षक, ६ जना आशिंक शिक्षक र ११ जना कर्मचारी भएकोमा ३० जना शिक्षक कर्मचारीलाई विद्यालयको निजि स्रोतबाट राखिएको समेत कार्यक्रममा जानकारी गराइएको छ ।

सम्बन्धित खबर