कनकाई अनलाईन
कनकाई नगरपालिका ७ दुर्गापुर बजारका एक ४० बर्षिय औषधि पसलेलाई केहिदिन अघि कोरोना संक्रमण भेटिए पछि गरिएको कन्ट्राक टेसिङ्गमा पुन दुर्गापुर क्षेत्रमा ८ जनालाई कोराना संक्रमण भेटिएसगै झापाको दुर्गापुर क्षेत्रमा खतराको घण्टी बजेको छ ।
केहिदिन पहिले एक औषधि व्यावसायीमा कोरोना संक्रमण देखिएको थियो । उनीसगै सम्पर्कमा आएकाहरु ७७ जनाको स्वांव चेकका लागि बिराटनगर पठाइएको थियो । जसमा उनका परिवारका थप ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसैगरि कनकाई नगरपालिकाकै घरघरमा गई तथ्याङ्गको टाडा इन्ट्री गर्ने एक जना महिलामा समेत कोरोना भेटिएको हो । दुर्गापुर निवासी अर्का एक सहरकारीमा काम गर्ने र थप २ जना उक्त औषधि पसलमा औषधि लिन जाने स्थानीयमा समेत कोरोना देखिएको हो । यो सगै दुर्गापुर क्षेत्रमा हाल झापामै सबैभन्दा डरलाग्दो कोरोनाको रुप देखिएको हो । भेटिएका सबै औषधि पसले सहित ९ जनै स्थानीय वाशी भएपछि अब लक डाउनलाई कुन स्वरुपमा बदल्ने हो भन्ने वारेमा हाल कनकाई नगरपालिकामा सर्बदलिय मिटिङ्गको आयोजना गरिएको विशेष स्रोतले जनाएको छ ।
फोटो ः सक्रमण फैलिएपछिको दुर्गापुर बजार