कनकाई अनलाईन
कनकाई नगरपालिका ३ कनकाई टोलमा कोरोना महामारीका बिचमा दुले चोरका बिगबिगी वढेको छ ।
हिजो राती मात्रै कनकाई टोल निवासी दिनेश उप्रेतीको घरबाट ५ तोला सुनको गहना र ६० हजार रुपैँया चोरले चोरेर लगेको पिडितले बताउँनुभयो । घटनावारे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट आएको प्रहरीले अनुसन्धान सुरु गरेको छ । नयाँ घर बनाउदै गरेका उप्रेती माथिल्लो तलामा बस्दै आएका थिए ।
निमार्णाधिन घरको माथिल्लो तलामा ढोका भने लगाउन बाकी रहेको थियो । चोरले पछाडिबाट चढेर माथिल्लो तलाको ढोका नभएको कोठाको दराजभित्र राखेको गहना र रुपैँया लगेको हो । दराजसगै चावी समेत राखेका कारण चोरले यतिका सामान चोरेर लगेको हो । चोरीपछि गहना र नगद राखेको ब्याग भने कनकाई मावि पछाडि फ्याकिएको थियो ।
सोही रात कनकाई टोलकै एक घरमा समते चोर समुहले राती १ बजेतिर ढोका मार्तलले हानेर फुटाउने क्रममा होहल्ला भएपछि चोर समुह भागेको स्थानीयले बताएका छन । सोही ठाउँको एक घरबाट चोर समुहले भाडा बर्तन समेत चोरी गरेको छ ।