कनकाई अनलाईन
गत बुधवार दक्षिणी झापा कामाटोलीमा प्रहरी गोली लागि मृत्यु भएका रफिकुल आलमको आज अन्तिम संत्कार जमाजा गरिएको छ ।
हिजो सिडियो कार्यालयमा भएको ७ बुदे सहमतिपछि आज मृतक आलमको शव परिवारले बुझि पोष्ट म्याटमपछि झापा गाउँपालिका ३ पुरानो मुस्लिम बस्तीमा अन्तिम संत्कार गरिएको मृतकका आफन्त एवम् झापा गाउँ पालिकाका मुस्लिम नेता मुस्ताफा मियाले कनकाई अनलाईनलाई बताउँनुभयो ।
मृतक आलमका २ छोरा र ३ छोरी रहेका छन । ३८ बर्षिय आलम बैदेशिक रोजगारीबाट घर फर्किएका थिए । साउदीको एक कम्पनीमा ड्राइभर भिषामा काम गर्दै आएका आलम उक्त पुरानो कम्पनीबाट भने फिनिसमा आएका थिए उनी अर्को कम्पनीमा ड्राइभर भिषामा काम गर्न जाने तयारीमा रहेका आलम विश्व माहामारीको कोरोना कहरका कारण नेपालमै अड्किएका थिए ।
यता पिताको मृत्युपछि आलमकी विवाह गर्न बाकी रहेकी एक छोरीलाई भने मुस्लिम अगुवाहरुको सहयोगमा विहे गरिदिने निर्णय भएको मुस्तफाले कनकाई अनलाईनलाई बताउँनुभयो ।
प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि कामाटोली तथा झापा गाउँपालिका क्षेत्र २ दिनसम्म तनावमा रहेको थियो । कामाटोली ३ मा बहर गोरु काटेको आरोपमा दुई मुस्लिम नागरिकलाई प्रहरीले पक्राउ गरेपछि सो क्षेत्रमा तनाव भएको हो ।