कनकाई अनलाईन
गोरु काटेको निउमा प्रक्राउ गरिएका दुईजनालाई म्याद थप्न जिल्ला लैजाने क्रममा स्थानीय मुस्लिम समुदाय र प्रहरीबिच दोहोरो झड्प हुदा एक जना स्थानीयको मृत्युभएपछि दक्षिणी झापा बुधबार र बिहिवार तनावग्रस्त बनेको कामाटोली विवाद मिलेको छ ।
झापा गाउँपालिका ३ कामाटोलीमा गोरु काटेका आरोपमा स्थानीय झापा गाउँपालिका ३ का ताजाबुल हक र ४ नम्बरका अब्दुल सलामलाई पक्राउ गरि बुधवार बेलुकी म्याद थप गर्न इलाका प्रहरी कार्यालय कुमरखोदबाट लैजाने क्रममा बुधवार साँझ ६ बजे बाटोमा झड्प हुदा प्रहरीले १० राउण्ड गोली चलाएको थियो । प्रहरीको गोली लागि स्थानीय ३८ बर्षिय रफिक उलरहमान सक्त्त घाईते बनेका थिए । उनको ढाडमा १ गोली लागेको थियो । घाइतेको उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसि हस्पिटल बिर्तामोडमा बेलुकी साढे ७ बजे मृत्यु भएपछि आक्रोसित स्थानीय मुस्लिम समुदायले दोसीलाई कार्वाहीको माग राख्दै दुई दिनसम्म कामाटोली बजार बन्द गराउनका साथै टायर बालेर बाटो अवरुद्ध गरेका थिए । प्रहरीले स्थनीयको मृत्यु भएपछि पक्राउ परेका दुबैजनालाई झापा गाउँपाकिलाका प्रमुख जयनाराण शाह र उपाध्यक्ष कुन्तिदेवी बुडाथोकीको रोहबरमा छाडिदिएको छ ।
बिहिवार घटनावारे जिल्ला प्रशासन कार्यालयमा पिडित पक्ष , झापा गाउँपालिका जनप्रतिनिधि, प्रहरी , प्रमुख जिल्ला अधिकारी लगायातको बैठकमा विभिन्न निर्णय पछि मृतकको शव पिडित परिवारले बुझ्ने सहमति बनेको झापाका प्रमुख जिल्ला अधिकारी उदय रानामगरले बताउँनुभयो । जसमा झापाका सहायक जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा छानविन समिति गठन गरिएको छ समितिमा झापाका प्रहरी प्रवक्ता डिएस्पी राकेश थापा, अनुसन्धानका प्रहरी प्रमुख सुशान्त बराल रहनुभएको छ । सहमतिका अन्य बुदामा पिडित परिवारलाई तत्काल काजकिरियाका लागि झापा गाउँपालिकाको तर्फबाट ५० हजार क्षतिपूर्ति दिने , बाकी १० लाख क्षतिपूर्तिका लागि सरकारमा लेखि पठाउने, जातिय सदभाव कायम राख्ने सहमति बनेको प्रमुख जिल्ला अधिकारी रानाले बताउँनुभयो ।
बिहिवार शव पोष्ट म्याटम गर्न ढिलो हुने हुदाँ शुक्रबार शव परिवारले बुझ्ने सहमति बनेको बार्ता टोलीका सदस्य विशाल खनालले बताउँनुभयो । घटनापछि डियुटीमा खटिएका जनपद र सशस्त्र प्रहरीका प्रहरी निरिक्षकलाई सम्बन्धित प्रहरीले विभागमा तानेको छ ।