Kanakai Online

update-कामाटोलीमा बार्ता सुरु।


बिहिवार, भदौ ११, २०७७ |

कनकाई अनलाइन

झापा,भदौ ११।झापा गाउँपालिका-३ मा भएको तनाबलाई न्यून गर्न अहिले बार्ता चलिरहेको छ।मुस्लिम समुदायका रफिक आलमको प्रहरीको गोली लागेर मृत्यु भएपछी तनाबमा रहेको स्थितीलाई नियन्त्रण गर्न बार्ता चलेको हो।

बार्तामा स्थानिय मुस्लिम समुदाय,पिडित पक्ष, गाउँपालिका प्रमुख उपप्रमुख,स्थानिय राजनितिक दलका प्रतिनिधि,रेडक्रसका प्रतिनिधी तथा पत्रकारहरु लगायतको उपस्थीति रहेको छ।

हिजो अबेर सम्म चलेको बार्तामा मृतक आलमलाई सहिद घोषणा,पिडित परिवारलाई उचित क्षतिपूर्ति,गोली प्रहार गर्ने प्रहरीलाई कारबाही लगायत ११ बुँदे माग राखेका छन।पिडितहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरीका प्रमुख संग घटनास्थलमा थप बार्ता हुनु पर्ने अडान राखेका छन।

सम्बन्धित खबर