Kanakai Online

सरकार कम्युनिस्टका लागि मात्र भएको सिटौलाको आरोप


बिहिवार, भदौ ११, २०७७ |

कनकाई अनलाईन

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार कम्युनिस्ट पार्टीका लागि मात्र भएको बताएका छन् । चन्द्रगढी स्थित डेमोक्रेटिक लयर्स एसोसियसनका प्रतिनिधिहरूसित कुराकानी गर्दै नेता सिटौलाले देश विदेशमा श्रम गर्न खटिएका नेपालीको पीडा सुनुवाई गर्नुको सट्टा सरकार कम्युनिस्ट हो कि होइन खोजिगरेर बसेको आरोप लगाउँदै नेपाली नागरिकको सरकार बन्न नसकेको बताएका हुन् ।

राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि नेपाली काँग्रेसको विकल्पमा कुनै दल नरहेको भन्दै सिटौलाले वर्तमान सरकार कमाउनिस्ट चरित्र उन्मुख रहेको बताए । उनले अहिले देशमा लोकतन्त्रवादी र कम्युनिस्ट एकल अवसरवादी प्रवृत्ति बीच संघर्ष रहेको भन्दै निकट भविस्यमा सडकबाटै भिड्ने दिन आउन लागेको स्पष्ट पारे । एकल जहानियाँ राणा शासन कालदेखि श्रमजीवि वर्गको उन्नतिका लागि नेपाली काँग्रेस लड्दै आएको स्मरण गर्दै सिटौलाले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन काँग्रेस बाहेक दलले नसक्ने प्रष्ट पारेका छन् ।

एसोसियसनका प्रतिनिधिहरूले न्यायलयमा समेत कम्युनिस्टमय बनाइन खोजेको भन्दै सरकारका यसखाले व्यवहार बिरूद्ध नेपाली काँग्रेस कडा रूपमा प्रतिवादमा उत्रनु पर्ने सुझाव दिएका थिए ।

सम्बन्धित खबर