कनकाई अनलाइन
झापा,भदौ १०।झापा गाउँपालिकाले एक हप्ताका लागि गरेको आंशिक लकडाउन भएको सुरु दिन इलाका प्रहरी कार्यालय कुमरखोद र झापा बजार व्यबस्थापन समितिको अगुवाईमा झापा बजारमा मास्क वितरण गरिएको छ।
बजारमा रहेका पसलहरुमा विक्री वितरण सामाजिक दुरी कायम राखी गर्नु भन्दै इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक खड्ग गिरीको अगुवाइमा प्रहरी टोलीले करिव ५०० थान सर्जीकल मास्क वितरण गरेको थियो।अभियानमा झापा बजार व्यबस्थापन समितिको टोलीले करिव १०० थान सर्जिकल मास्क वितरण गरेको झापा बजार व्यबस्थापन समितिका अध्यक्ष बिकास अग्रवालले कनकाई अनलाइन लाई बताउनु भयो।
झापा गाउँपालिका आंसिकरुपमा बन्द भएको पहिलो दिन भएकाले यहाँका पसलहरु,भिडभाड हुने क्षेत्र लगायतका स्थानहरुमा मानिसलाई भिडभाड नगर्न र नियमित मास्कको प्रयोग गर्न प्रहरी टोली र झापा बजार व्यबस्थापन समितिको टोलीले अनुरोध गर्दै मास्क वितरण गरेको बताइन्छ।