कनकाई अनलाईन
झापाको पुरोनो सदरमुकाम तथा विकास र समृद्धि आर्थिक सुचकले जिल्लामै कमजोर मानिने झापा गाउँपालिकाका जनप्रतिनिधि उपभोगमा भने अब्बल देखिएका छन ।
यसको पछिल्लो उदाहरण झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैले पर्सनल गाडी चढ्न थालेका छन । छिमेकी नगरपालिका कनकाई नगरपालिकाले गाडी किन्न छुट्टाएको रकम शिक्षामा खर्चिएको भनि देशभर चर्चा चलिरहेको बेला सिमा जोडिएको झापा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष भने गाडी चढ्ने होडबाजीमा उत्रिएका हुन ।
झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह हाल स्क्रापियो गाडी चढ्छन । चुनाव जितेर केहि महिनासम्म पनि मोटरसाईकल चढ्ने अध्यक्ष निर्वाचन जितेको केही महिनामै एकाएक स्क्रापियो चढ्न थालका हुन । शाहले निर्वाचन जितेको केहि महिनामै आफ्नो बसाई समेत झापा गाउँपालिकाबाट बिर्तामोड सारेका छन । उनी दैनिक ७० किलोमिटरको यात्रा यसै स्क्रापियोबाट गर्ने गरेका छन । कार्यालय प्रयोजनका लागि खरिद गरिएको सवारी दैनिक दुरुपयोग गरिएको भन्ने आवाज उठेपछि यसको जवाफमा उपाध्यक्ष कुन्तीदेवि वुडाथोकीलाई पनि गाडी मगाइएको बुझिएको छ ।
झापा गाउँपाकिलामा अध्यक्ष नेपाली कांग्रेसबाट र उपाध्यक्ष कुन्तिदेवि वुडाथोकी तत्कालिन नेकपा एमालेबाट निर्वाचिन भएका हुन । हाल उपाध्यक्ष कुन्तिदेवि वुडाथोकी सुजुकी वेगनर गाडी चढ्न थाल्नुभएको छ । झापा गाउँपालिकामा अन्य वार्डअध्यक्ष , वार्डसचिव गरि १५ वटा २ पाङ्ग्रे र २ वटा चार पाङ्ग्रे गाडी चढिरहेका छन । काम गर्नका लागि दुई पाङ्ग्रे गाडी अत्यावश्यक भएपनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैको गाडी मोहले गाउँपालिकाको खर्च मात्रै वढाएको छैन जनप्रतिनिधिको विलासी जीवन शैली समेत देखाएको स्थानीयको भनाई छ ।
जनता यस्तो दुःखमा छन हामीले जिताएर पठाएका जनप्रतिनिधि भने सुविधा भोेगी हुनु भएन स्थानीय मुस्तफा मियाले कनकाई अनलाईसग भने । यता निर्वाचनमा अध्यक्षका निकट्म प्रत्यासी रहनुभएका गजेन्द्र ताम्ली लिम्बुले भने जनप्रतिनिधिको सुविधाभोगीको चरम नमुना भएको भन्दै बिरोध गर्नुभएको छ । कार्यकाल सकिन लाग्दा अध्यक्षले गाडी चढे भन्दैमा उपाध्यक्षले पनि जनता दुःखमा परेका वेला गाडी चढ्नु भनेको कहाँसम्मको सुविधा मोह हो कनकाई अनलाईनसग ताम्लीले भन्नुभयो । जनताको सुख दुःखमा सामेल हुनु त कता हो कता अव समय सकिन्न लाग्दा अध्यक्ष उपाध्यक्ष सुविधामा होडवाजी गरेपछि के भन्ने र खै ताम्लीले भन्नुभयो ।
्झापा गाउँपालिका त्यो क्षेत्र हो जहाँ स्थानीय तहको निर्वाचन भएकै बर्ष गाउँपाकिलाभित्रै ११ जना मानिसको वाढीले ज्यान गएको थियो । यस बर्ष समेत वाढीको वितण्डाका कारण हज्जारौ नागरिक प्रभावित बनेका छन । हालपनि वाढी पिडितहरु विस्तापितनै रहेका छन ।
तस्वीरहरु , अब हामी बराबर, पालिका उपाध्यक्ष कुन्तीदेवि वुडाथोकीलाई नयाँ गाडीको चावी बुझाउँदै अध्यक्ष जयनारायण शाह २) गाउँपालिका अध्यक्ष जय नारायण शाह र उनले चढ्ने स्क्रापियो गाडीको साथमा