कनकाई अनलाइन
झापा,भदौ ९।झापा गाउँपालिका-६ निवासी ९ वर्षे बालक अहिले बिर्तामोडमा रहेको मनमोहन अस्पतालको बेडमा रोग संग लडिरहेका छन।
बाबुको मृत्यु भएको ४५ दिन नबित्दै सामान्य छाला चिलाउने रोगका कारण अस्पताल भर्ना भएका उनलाई अस्पतालका डाक्टरहरुको रिपोर्ट अनुसार टाउकोमा गम्भीर समस्या(मेनेन्जाइटिस) भएको बताईयो।आमा पनि बोल्न र सुन्न सक्ने नभएकाले हजुरबुबा चन्द्र थापाको आश्रयमा बसेका उनलाई अहिले आर्थिक संकटले च्यापेको स्थानिय खगेन्द्र सिलवालले कनकाई अनलाइनलाई बताए।
एक १६ वर्षकी दिदी र १३ वर्षका दाजु रहेका थापा कक्षा २ मा अध्ययन गर्दै थिए।बिरामीले थलिएपछी हजुरबुबा को सामाजिक सुरक्षा भत्ता बाट जिवीको पार्जन गर्दै गरेका थापा परिवार जीवन बाच्ने र बचाँउने संघर्षमा जुझिरहेको छ।डाक्टरको सल्लाह अनुसार नियमित ३/४ हजार अस्पतालको दैनीक खर्च हुने बताइएको छ।
उपचारका क्रममा रहेका थापा १५/१६ दिन अस्पतालनै बस्नु पर्ने भए पछी आर्थिक संकटमा रहेको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।मनकारी महानुभावले निजका हजुरबुबा चन्द्र थापालाई 9816920527 मा सम्पर्क गर्न अथवा चन्द्र थापाकै नाममा रहेको एसबिआइ बैंकको बिर्तामोड साखाको खाता नम्बर १८२१५२४०७०५७४८ मा रकम सहयोग गरिदिनु हुन थापा परिवारले आग्रह गरेको छ।