सांकेतिक तस्बिर
झापा, भाद्र ०९।झापा गाउँपालिका-३ झापाका ७० बर्षीय साईला टुडुलाई निजकै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको छ ।
सोमवार राती साँढे ११ बजेको समयमा छोराले बुबालाई एक्कासी बाँसको भाटाले(चारपाईमा प्रयोग गरिने) शरिरका बिभिन्न भागमा अन्धाधुन्द कुटपिट गर्दा घाईते भएका टुडुलाई उपचारको लागी स्थानीय मेडिकलमा लगिएको र उक्त मेडिकलमा उपचार हुन नसकी सुबिधा सम्पन्न अस्पतालमा लैजानु भनी भनेता पनी आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको भनी जानकारी पाए लगत्तै स्थानिय प्रहरी टोली घटना स्थलमा पुगेको बताइएको छ।प्रहरी टोलीले निजका छोरा सुनिल टुडुलाई तत्कालै नियन्त्रणमा लिइएको थियो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली तत्काल आएर आरोपी सुनिललाई अन्य थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।