लीलाराज झापाली
सबै मिलेर बसौ परिवारमै, हामी हासेर , बाचिएमा देख्न पाइन्छ पछि संसार नहिडौ डुलेर , बजार बजार । सुरक्षामा खटिएका हाम्रा दाजुभाई तिनका पनि कुरा सुनौ होइनन है पराई । यो कोरोना गित हालैमात्र युटुभ च्यानलबाट सार्बजनिक भएको छ । कनकाई नगरपालिका ३ मा रहेको ज्ञानज्योती युवा क्लवले बजारमा ल्याएको कोरोना गित कुनै चर्चित देशका कलाकार र म्युजिक भिडियो कम्पनीले बजारमा ल्याएको भन्दा कम छैन । सबै स्थानिय क्लवकै सदस्यहरु कलाकार र गायक संगितकारको प्रस्तुती रहेको यस गितलाई दुर्गा ओलीले रचना गरेका हुन भने संगित क्लवकै सल्लाहकार कुमार पालुङ्गालेभरेका हुन । चर्चित गायक राजु अधिकारी र भाष्कर सिटौलाले गाएको गितको छायाङ्गन सन्तोस रानामगरले गरेको उक्त कोरोना शन्देशको गितको निर्देशन चर्तित म्युजिक भिडियो निर्देशक श्रीगणेश शर्माले गरेका हुन । उक्त गितलाई सुरुङ्गाका पर्यटकिय क्षेत्रहरु धनुषकोटीधाम , सुरुङ्गा बजार , कनकाई मावि र बिरङ्गाना नारिको योगमाया पार्क सुरुङ्गामा छायाङ्गन गरिएको हो ।
गितमा ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवाल, पुर्वअध्यक्ष नविन सेढाई, ज्योतीकुमार उप्रेती, उपाध्यक्ष अनुप ओली, सचिव पारस खरेल सहसचिव साजन आचार्य , सदस्यहरु रेवत गौतम, प्रकाश पाठक, नारायण शिवाकोटी लगायातका सदस्यहरुले अभिनय रहेको छ भने इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बु कनकाई नगरपालिका ३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरिया , ५ का वडाध्यक्ष कृष्णबहादुर राई लगायातको अभिनय रहेको छ ।
ज्ञान ज्योती युवा क्लव सुरुङ्गाका अगुवा युवा नेता सुनिल भेटवालको नेतृत्वमा २०६७ सालमा स्थापना गरिएको युवाहरुको क्लव हो ।
क्लवले बन्द निषेधित सुरुङ्गा नगरिदेखि लिएर ष्लाष्ट्रिक झोला निषेधित नगरि, राष्ट्रिय भलिवल खेल, गरिबलाई निशुल्क लुगा कपडा वितरण लगायातका काम गर्दै आएको छ । क्लवले सामाजिक सचेतनाकै लागि यो कोरोना सचेतना म्युजिक भिडियो निकालिएको क्लवका अध्यक्ष नारायण भेटवालले बताउँनुभयो । लामो समय सम्म गुम्सिएर घरमै बस्न बाध्य नागरिकलाई थोरै भएपनि मनोरञ्जनको साथमा कोरोना सचेतना जनाउन गित संगितका माध्यमबाट यस गितले मद्धत दिने गितका गायक राजु अधिकारीले बताउँनुभयो । संसारभर रोग फैलियो मानिसको माझ, विश्वलाई चकित पार्यो यो रोगले आज, सबै मिलेर बसौ परिवारमै हामी हासेर, हामी हासेर गितले भन्छ ।